काठमाडौं । नेपाली कांग्रेसले आचारसंहिता उल्लंघनको कारवाहीमा निर्वाचन आयोगले विभेद गरेको आरोप लगाएको छ। प्रतिपक्षी नेकपा एमालेले आचारसंहिताको उल्लघंन गर्दा पनि निर्वाचन आयोग नबोलेको कांग्रेसको आरोप छ।
केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस प्रवक्ता प्रकाशशरण महतले नेकपा एमालेबाट ठाडो आचारसंहिता उल्लघंन भइरहेको आरोप लगाउनुभएकाे छ।
उहाँले भन्नुभयाे, ‘हामी आचारसंहितामा बस्छौं। विपक्षी दलबाट ठाडो आचारसंहिता उल्लघंन भइरहेको छ। तै पनि त्यसप्रति सम्बद्ध निकाय बोलेको छैन। हाम्रो सामान्य कुरामा पनि निर्वाचन आयोगले चिट्ठी पठाइरहेको छ। प्रयोग गर्न नहुने शब्द प्रयोग हुँदा पनि केही बोलेको छैन।’