आफू जन्मिएको र आफूलाई चिनाएको ठाउँको विकासका लागि राजनीतिमा आएँ :- तोरण बानियाँ • Nepal's Trusted Digital Newspaperआफू जन्मिएको र आफूलाई चिनाएको ठाउँको विकासका लागि राजनीतिमा आएँ :- तोरण बानियाँ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आफू जन्मिएको र आफूलाई चिनाएको ठाउँको विकासका लागि राजनीतिमा आएँ :- तोरण बानियाँ

आफू जन्मिएको र आफूलाई चिनाएको ठाउँको विकासका लागि राजनीतिमा आएँ :- तोरण बानियाँ

  • समाचारपाटी
  • आइतवार, बैशाख १८, २०७९
आफू जन्मिएको र आफूलाई चिनाएको ठाउँको विकासका लागि राजनीतिमा आएँ :- तोरण बानियाँ

पोखरा। नेकपा एमाले वडा नं -१५ को घरदैलो कार्यक्रम आइतबार पनि जारी रहेको छ। बिहानी सूर्योदयसँगै उम्मेद्वारसहित नेता तथा कार्यकर्ताको टोली मतदाताको घर-घर पुगेका छन्। आजको घरदैलो कार्यक्रम वडाको तल्लो भेक टुटुङ्गा, अमिनतारा र बन क्याम्पसको पछाडी ठाँटिपाटन, नागवेली टोल लगायतका एरियामा सम्पन्न भएको छ।

घरदैलोका लागि उम्मेद्वारसहित पुगेको टोलीलाई स्थानियले स्वागत गरेका थिए। उनीहरुले अत्याधिक बहुमत प्राप्त गरी बिजयी हुनु भन्दै उम्मेद्वारलाई शुभकामना तथा आशिर्वाद दिएका थिए। महिला सदस्य पदकी उम्मेद्वार सेतीमाया गुरुङले वडावासी मतदाताको हौसला र सकारात्मक प्रतिक्रिया पाएर यसपालीको निर्वाचनमा पनि एमालेका पाँचै जना उम्मेद्वार विजयी हुने विश्‍वास व्यक्त गर्नुभयाे।

घरदैलो कार्यक्रमकाबीच केही मतदाताले सडक पहिलेको भन्दा राम्रो बनेको भएपनि अझ स्तरउन्नती गर्नुपर्ने माग उम्मेद्वार समक्ष राख्नुभए काे थियाे। यस्तै, नागवेली टोलका स्थानियले खानेपानीको समस्या रहेको र दैनिक खानेपानी किनेर खानुपर्ने अवस्था रहेको भन्दै तत्काल समाधानका लागि पहल गर्न उम्मेद्वारसँग आग्रह गर्नुभएकाे थियाे।

स्थानियको समस्या मनन गर्दै वडा अध्यक्ष पदका उम्मेद्वार तोरण बानियाँले आफूले विभिन्न क्षेत्रमा कर्म गरिरहेको बताउँदै आर्थिक रुपले मात्र सम्पन्न भएर नहुने भन्दै आफू जन्मिएको, आफूलाई चिनाएको र आफूलाई यो अवस्थासम्म पुर्याएको ठाउँका जनताका लागि राम्रो काम गर्नकै लागि सामाजिक क्षेत्र हुँदै राजनीतिमा लागेको प्रतिक्रिया दिनुभयाे।

उहाँले अब वडाका महिला दिदीबहिनी र बेरोजगार युवाहरुका लागि विभिन्न सीप, तालिम र स्वरोजगारका कार्यक्रम ल्याएर दक्षता अभिवृद्धि गरी आय आर्जनमा जोडिने बताउनुभयाे।

आफूहरु राम्रो वडा, हाम्रो वडा र व्यवस्थित नागरिक बसेको वडा बनाउने अभियानमा लागेको भन्दै अभियानलाई सफल बनाउन सूर्य चिन्हमा मतदान गरी आफूहरुलाई निर्वाचित गराउन मतदातासँग आग्रह गर्नुभयाे।

IMG 0907 IMG 0912 1 IMG 0914

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका