'मेयर निर्वाचित भए एक दिन मात्र खुशी मनाउने, त्यसपछि लगातार काम गर्ने' :-केशव स्थापित • Nepal's Trusted Digital Newspaper'मेयर निर्वाचित भए एक दिन मात्र खुशी मनाउने, त्यसपछि लगातार काम गर्ने' :-केशव स्थापित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘मेयर निर्वाचित भए एक दिन मात्र खुशी मनाउने, त्यसपछि लगातार काम गर्ने’ :-केशव स्थापित

‘मेयर निर्वाचित भए एक दिन मात्र खुशी मनाउने, त्यसपछि लगातार काम गर्ने’ :-केशव स्थापित

  • समाचारपाटी
  • आइतवार, बैशाख १८, २०७९
‘मेयर निर्वाचित भए एक दिन मात्र खुशी मनाउने, त्यसपछि लगातार काम गर्ने’ :-केशव स्थापित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले आफू निर्वाचित भए सय दिनभित्र आधारभूत समस्या समाधान गरेर प्रशासनिक सुधारको काममा लाग्ने बताउनुभएकाे छ ।

आइतबार श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आयोजना गरेको कार्यक्रममा उहाँले निर्वाचित भएको ९९ दिनसम्म आम नागरिकलाई समस्या सुनाउने समय दिने र आधारभूत समस्या समाधान गरेर प्रशासनिक सुधारमा लाग्ने बताउनुभएकाे छ ।

उहाँले सर्वसाधारणले कुनै कर्मचारीले घुस मागेको प्रमाणसहित उजुरी गरेमा त्यस्ता कर्मचारीलाई तुरुन्तै निष्कासन गर्ने बताउनुभएकाे छ । कर्मचारीले भ्रष्टाचार गरेको प्रमाण ल्याए त्यसै दिन निष्कासन गर्छौं, त्यसपछि बरु लड्न जाऔंला’ उहाँले भन्नुभयाे ।

काठमाडौं देशभरका वासिन्दा बस्ने ठाउँ भएको भन्दै उहाँले काठमाडौंमा आउनेहरु सबैलाई समान व्यवहार गर्ने र रोजगारीको व्यवस्था गर्ने बताउनुभयाे ।

मेयर निर्वाचित भएमा एक दिन मात्र खुशी मनाउने भन्दै स्थापितले त्यसपछि लगातार काम गर्ने बताउनुभयाे । उहाँले आफू निर्वाचित भएमा नेपाली कांग्रेससँग पनि आफूले गर्नुपर्ने कामको सूचि माग गर्ने र सबै माग पूरा गरिदिने जिकिर गर्नुभयाे ।

source:-onlinekhabar

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका