नेकपा एमाले पोखरा महानगर कमिटीद्वारा चुनावी घोषणा पत्र सार्वजनिक • Nepal's Trusted Digital Newspaperनेकपा एमाले पोखरा महानगर कमिटीद्वारा चुनावी घोषणा पत्र सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेकपा एमाले पोखरा महानगर कमिटीद्वारा चुनावी घोषणा पत्र सार्वजनिक

नेकपा एमाले पोखरा महानगर कमिटीद्वारा चुनावी घोषणा पत्र सार्वजनिक

  • समाचारपाटी
  • आइतवार, बैशाख १८, २०७९
नेकपा एमाले पोखरा महानगर कमिटीद्वारा चुनावी घोषणा पत्र सार्वजनिक

पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । पोखरामा नेकपा एमाले पोखरा महानगर कमिटीद्वारा आज आयोजित प्रतिवद्धता पत्र सार्वजनिक सभालाई सम्बोधन गर्दै कृष्ण थापाले यस्तो अभिव्यक्ति दिनुभएकाे हाे ।

उहाँले सेवा सुविधा नलिने मात्रै वचन गर्नुभएन् युवाहरुलाई स्थान दिने बताउदै आगामी दिनमा कहिल्यै चुनाव नलड्ने सम्म प्रतिवद्धता सुनाउनुभयाे । ‘मेरो यो चुनाव अन्तिम हुनेछ, उहाँले भन्नुभयाे, ‘अब कृष्ण थापा चुनाव लड्नुहुनेछैन ।’ कमिसनतन्त्र र भ्रष्टाचार जनविरोधी कार्य भएको भन्दै उहाँले आफु निर्वाचित भएर कार्यालय प्रवेश गरेकै दिनदेखि रोक्ने बताउनुभयाे ।

पोखरामा शनिबार आयोजित कार्यक्रममा एमालेले पोखराको आगामी पाँच वर्षको कार्ययोजना समेटिएको २० पृष्ठ लामो घोषणा पत्र सार्वजनिक गरेको हो ।

घोषण पत्रमा पोखरामा मनोरेल र मेट्रोरेल सञ्चालन ल्याउने उल्लेख छ । एमालेले पोखराको मेयरमा कृष्णा थापा र उपमेयरमा मञ्जुदेवी गुरुङ चुनावी मैदानमा हुनुहुन्छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका