एशियाली खेलकुदका लागि ब्याडमिन्टनको छनौट सम्पन्न • Nepal's Trusted Digital Newspaperएशियाली खेलकुदका लागि ब्याडमिन्टनको छनौट सम्पन्न • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • एशियाली खेलकुदका लागि ब्याडमिन्टनको छनौट सम्पन्न

एशियाली खेलकुदका लागि ब्याडमिन्टनको छनौट सम्पन्न

  • समाचारपाटी
  • आइतवार, बैशाख १८, २०७९
एशियाली खेलकुदका लागि ब्याडमिन्टनको छनौट सम्पन्न

चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुने १९ औं एशियाली खेलकुदका लागि भएको ब्याडमिन्टनको छनौट सम्पन्न भएको छ ।
नेपाल ब्याडमिन्टन संघले बैशाख १५ गते देखि तीन दिन सम्म ललितपुरको रिभाईभ लिजर पार्कको कभर्डहलमा गरेको छनौटबाट उच्च १० बरियता प्राप्त खेलाडीबाट पुरुष र महिला तर्फ ७, ७ खेलाडीको चयन गरेको संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराउनुभयाे ।

उहाँले कोटा निर्धारण पश्चात यहि छनौट भएका खेलाडीबाट एशियाली खेलकुदका लागि बरियताका आधारमा खेलाडी छनौट गर्ने जानकारी गराउनुभयाे ।

छनौट प्रतियोगिताबाट पुरुष तर्फ प्रथम स्थानमा बिश्व जुनियर नम्बर १ खेलाडी प्रिन्स दाहाल रहनुभएकाे छ । यस्तै दोश्रो नम्बरमा नविन श्रेष्ठ, तेश्रोमा प्रफुल महर्जन, चौथोमा राष्ट्रिय च्याम्पियन तथा पहिलो बरियताका दिपेश धामी, पाँचौमा बिष्णु कटुवाल, छैटौंमा साजन कृष्ण ताम्राकार र सातौमा सुदीप सेढाई रहनुभएकाे छ । यस्तै महिला तर्फ राष्ट्रिय च्याम्पियन रशिला महर्जन पहिलो, नङ्गशल तामाङ दोश्रो, जेशिका गुरुङ्ग तेश्रो, अनुमाया राई चौथो, निता लम्साल पाँचौ, सुनयना मुखिया छैटौं र शोभा गौचन सातौं रहनुभएकाे छ ।

279091739 582079416242981 1472999307402377969 n 279122251 926684271332949 7719998561025199133 n 279154633 678125256584509 2087625856612524903 n

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका