गठबन्धनका दल सँग वडामा मित्रवत प्रतिस्पर्धा गर्दै नगरपालिका मा मिलेरै जान सकिने वातावरण थियो,कतिपय वडाले यहि अभ्यास गरेको देखिन्छ । जिल्ला को सकारात्मक साथ र सहयोग हुँदाहुँदै पनि फलेवास नगरको नेतृत्वको चरम असहिष्णुता, पुर्बाग्रह, हस्तक्षेप र स्वार्थको कारण ले फलेवास नगरपालिका सातको अध्यक्षको लागि प्रस्तुत गरेको सालिकराम पाण्डेय को उम्मेदवारी फिर्ता भएको छ । यो निर्णय बाट नगरपालिका सातको काँग्रेस को संगठन ध्वस्त पार्ने अभियान शुरु भएको छ, इतिहास को निर्मम समिक्षा भबिष्यले गर्ला, को को लाई सराप्ने हो समयले सराप्ला तर बर्तमान मा एउटा गलत नेतृत्व ले संगठनमा कत्रो घात पुग्दो रहेछ भन्ने अनुभुती आज भएको छ । अबको यात्रा नगरपालिका सातका इमान्दार कार्यकर्ताको सल्लाह बमोजिम अघि बढनेछ भन्दै छलफल सकियको सक्रिय युवा राजनीतिज्ञ प्रमोद पाण्डेयले बताउनुभएको थियो ।
बैठक पछी पत्रकार सम्मेलनमा बोल्दै
वरिष्ठ राजनीतिज्ञ नगरसदस्य हरिराम रेग्मी
‘म धेरै दुखी छु, नगर बासीको मनोभावना लाई बुजेर निर्णय लिईने छ अहिले काँग्रेसका सम्पूर्ण क्रियाशिलले सामुहिक रजिनामा दिने कुरा चलीराखेको छ बताउनुभयो’ ।
सक्रिय राजनीतिज्ञ राजकमल शर्मा
“फलेवास नगरपालिका सातका सम्पुर्ण नेपाली काँग्रेसका क्रियाशिल कार्यकर्ताले सामुहिक राजीनामा दिएर चुनाब बहिष्कार गर्ने बाहेक अरु कुनै बिकल्प छैन । यदि चुनावमा भाग लिइयो भने चुनाव पछाडि हामिसँग लाज ढाक्ने कुनै बस्त्र हुनेछैन बताउनुभयो” ।
सक्रिय महिलानेत्री गीता शर्मा
“नेपाली काँग्रेस हाम्रो मनमा छ र रहिरहने छ एउटा कागजको खोस्टो (क्रियाशिल सदस्यता) को के अर्थ भयो र ? फलेवास नगरपालिका सातमा किन यस्तो भएको होला ? गठबन्धन त स्थानीय को मनसाय अनुसार हुनु पर्ने हो । कुनै ठाउँमा एमाले र नेपाली काँग्रेस मिलि चुनावी गठबन्धन गरेको पनि समचार सुनिन्छ । साथै आवश्यकता अनुसार एक्ला एक्लै चुनावी मैदानमा देखिएको पनि छ । म धेरै दुखि छु बताउनुभयो” ।
राजनीतिज्ञ अर्जुन खनाल
“केही नेता का ब्यक्तिगत स्वार्थ ले पार्टी ध्वस्त बनाए । अब काँग्रेस हुम भनेर शिर ठाडो गर्न हामी सबै जगन्नाथ हुनै पर्छ बताउनुभयो” ।
सक्रिय राजनीतिज्ञ सोमनाथ तिवारी
“फलेवास नगरपालिका सात माथि अन्याय भयो ५ प्रतिशत मत नपुग्ने माओवादीलाई ९५ प्रतिशत माथि मत रहेको काँग्रेसले भोट दिनु पर्ने “ पाडी सँग लैनो भैंसी साट्ने ”निर्णय गर्यो नगरसभापतिले । अब यसको हिसाब फलेवास नगरपालिका काँग्रेसका सम्पूर्ण क्रियाशिलले सामुहिक रजिनामा दिने र निर्वाचन पूर्णरुपमा बहिष्कार गरिन्छ बताउनुभयो” ।
सक्रिय राजनीतिज्ञ दीपेन्द्र शर्मा
“फलेवास नगरपालिकामा नगरसभापति लाई प्रवेश नदिने,सम्पुर्ण क्रियाशिलले सामुहिक राजीनामा, कुनै पनि क्रियाशिलले मतदानमा सभागी हुन नपाइने ,काँग्रेस को घर धुरी गनि सामुहिक बहिष्कार लगायत विभिन्न विषयमा छलफल चलाउने बताउनुभयो” ।
राजनीतिज्ञ आर के सापकोटा
‘एउटा गलत नेतृत्व ले संगठनमा कत्रो घात पुग्दो रहेछ भन्ने अनुभुती भयो केन्द्रिय नेतृत्व देखी बाटै खराबले जितेसि हुने नै यस्तै हो बताउनुभयो ‘।
सक्रिय राजनीतिज्ञ रमेशराज रेग्मी
‘नगर सभापतिको भुमिका खेद जनक छ । हाम्रो भोट लिएर हामी माथि नै प्रहार भो यसकाे बिरोध देश भरिका काँग्रेस मिलेर गर्ने बताउनु भयो’ ।