काठमाडौंको मातातिर्थमा तीर्थालुकाे घुइँचो (मातातीर्थ मेला ) • Nepal's Trusted Digital Newspaperकाठमाडौंको मातातिर्थमा तीर्थालुकाे घुइँचो (मातातीर्थ मेला ) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • काठमाडौंको मातातिर्थमा तीर्थालुकाे घुइँचो (मातातीर्थ मेला )

काठमाडौंको मातातिर्थमा तीर्थालुकाे घुइँचो (मातातीर्थ मेला )

  • समाचारपाटी
  • शनिबार, बैशाख १७, २०७९
काठमाडौंको मातातिर्थमा तीर्थालुकाे घुइँचो (मातातीर्थ मेला )
photo source:- onlinekhabar

काठमाडौं । आज आमाको मुख हेर्ने दिन । वैशाख कृष्णपक्ष औंसीको दिनलाई मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको रुपमा मनाउन गरिन्छ ।

जन्म दिने आमालाई मीठा परिकार खुवाएर तथा राम्रा कपडा लगाउन दिएर खुशी पार्ने प्रचलन छ । त्यसैले भौगोलिक रुपमा आमाभन्दा टाढा भएकाहरु सकेसम्म आज आमालाई भेटेर सम्मान गर्छन् र आशीर्वाद लिन्छन् ।

तर, आमा नभएकाहरु भने तर्पण र पिण्ड दान गर्न काठमाडौंको थानकोट नजिकै मातातिर्थ पुग्छन् । आफ्नो आमालाई सम्झिँदै काठमाडौंको मातातीर्थमा पुग्नेहरूको आज घुइँचो लागेको छ ।

आमा नहुने नरनारी मातातीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को पूजा गर्छन् । आमा नभएकाहरुले सके प्रत्येक वर्ष, नसके एक पटक मातातीर्थ औंसीमा श्राद्ध गर्नुपर्ने मान्यता समेत छ ।

मातातीर्थमा मूर्तिकार रामकृष्ण भण्डारीले बनाएको सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति स्थापना गरिएको छ । मातातीर्थमा रहेको कुण्डमा आजकै दिन हरेक वर्ष आमा नहुनेले त्यहाँ गई नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृ दिवस मनाउने गर्दछन् ।

mata tirthaa

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका