गीतकार सुमन योञ्जन शब्दमा 'थाहा छैन'मा मुकुन र बिमलाको मार्मिक अभिनय (भिडियो) • Nepal's Trusted Digital Newspaperगीतकार सुमन योञ्जन शब्दमा 'थाहा छैन'मा मुकुन र बिमलाको मार्मिक अभिनय (भिडियो) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गीतकार सुमन योञ्जन शब्दमा ‘थाहा छैन’मा मुकुन र बिमलाको मार्मिक अभिनय (भिडियो)

गीतकार सुमन योञ्जन शब्दमा ‘थाहा छैन’मा मुकुन र बिमलाको मार्मिक अभिनय (भिडियो)

  • समाचारपाटी
  • शुक्रबार, बैशाख १६, २०७९
गीतकार सुमन योञ्जन शब्दमा ‘थाहा छैन’मा मुकुन र बिमलाको मार्मिक अभिनय (भिडियो)

काठमाडौँ । प्रेम र बिछोडको कथामा आधारित मनछुने म्युजिक भिडियो ”थाहा छैन” सार्वजनिक भएको छ। यस गीतमा लोकप्रिय गायक उदय सोताङ र भोइस अफ नेपाल फेम्ड गायिका गीता शर्माको कर्णप्रिय आवाज रहेको छ । गीतकार सुमन योञ्जनको मर्मस्पर्शी शब्द रहेको यस गीतलाई स्वयम् गायक सोताङले संगीतवद्ध गर्नुभएकाे हाे। गीतमा कृष्ण लिम्बुको संगीत संयोजन रहेको छ।

भिडियोमा मुकुन भुषाल र बिमला लिम्बुको शसक्त अभिनय देख्न सकिन्छ। उत्सव दाहालले छायाँकन गरेको यस भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन्। सुमन योञ्जन निर्माता रहेको यस भिडियोलाई राजेश पुमा राईको निर्देशनमा तयार पारिएको हो। देविथान म्युजिकको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। यसअघि गीतकार योञ्जनको शब्दमा ”फिदा” ,’पानी पिउनेु, ‘सरु सरु लाग्यो’ ‘कालापानी’ लगायत म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका