विश्वकै धनी व्यक्ति इलोनले सबैलाई चकित पार्दै ट्विटरको बोली • Nepal's Trusted Digital Newspaperविश्वकै धनी व्यक्ति इलोनले सबैलाई चकित पार्दै ट्विटरको बोली • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • विश्वकै धनी व्यक्ति इलोनले सबैलाई चकित पार्दै ट्विटरको बोली

विश्वकै धनी व्यक्ति इलोनले सबैलाई चकित पार्दै ट्विटरको बोली

  • समाचारपाटी
  • शुक्रबार, बैशाख १६, २०७९
विश्वकै धनी व्यक्ति इलोनले सबैलाई चकित पार्दै ट्विटरको बोली

इलोन मस्क र ट्विटर
सामाजिक ट्विटरको सञ्चालक समिति (बोर्ड) ४४ अर्ब डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति इलोन मस्कको प्रस्तावमा सहमत भएको छ । मस्कले दुई साताभन्दा कम समयअघि सबैलाई चकित पार्दै ट्विटरको बोली लगाउनुभएकाे थियाे । उहाँले त्यसबेला ट्विटरमा “व्यापक सम्भावना“ रहेको र ती सम्भावनाका ढोकालाई आफूले खोल्ने बताउनुभएकाे थियाे । उहाँले नक्कली खाताहरूलाई हटाउने तथा उसका सामग्रीमाथिका प्रतिबन्धहरूलाई खुकुलो पार्नेसम्मका धेरै परिवर्तनहरूका लागि पनि आह्वान गर्नुभएकाे थियाे ।

कम्पनीले सुरुमा मस्कले लगाएको बोलीलाई अस्वीकार गरेको थियो । तर अब उसले शेअरधनीहरूलाई सम्झौता अनुमोदनका लागि मतदान गर्न आग्रह गर्नेछ ।

विश्वकै धनी व्यक्ति इलोन ?
फोर्ब्स पत्रिकाका अनुसार मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुनुहुन्छ । उहाँको अनुमानित सम्पत्ति २७३.६ अर्ब डलर रहेको छ । उहाँ विद्युतीय सवारीसाधन निर्माता टेस्ला कम्पनीको मुख्य शेअरधनी हुनुहुन्छ भने अन्तरिक्षसम्बन्धी कम्पनी स्पेसएक्सको पनि उहाँले नै नेतृत्व गर्नुहुन्छ । उक्त सम्झौताको घोषणा गर्दै मस्कले भन्नुभएकाे छ, “अभिव्यक्ति स्वतन्त्रता कार्यात्मक लोकतन्त्रको आधार हो र ट्विटर एउटा डिजिटल सहरको चोक हो, जहाँ मानवताको भविष्यका लागि महत्त्वपूर्ण कुराहरूको बहस गरिन्छ ।“

“नयाँ सुविधा थप्दै, विश्वास बढाउन अल्गोरिदमहरूलाई खुला गर्दै, स्प्याम बटहरूलाई पराजित गर्दै र सबै मानिसहरूलाई प्रमाणित गर्दै म पनि ट्विटरलाई पहिलाको भन्दा राम्रो बनाउन चाहन्छु,“ उहाँले भन्नुभएकाे छ ।

“ट्विटरमा व्यापक सम्भावना छ– त्यो सम्भावनालाई उजागर गर्न म कम्पनी र प्रयोगकर्ताको समुदायसँग काम गर्न म तत्पर छु ।“

आलोचना कत्तिको छ ?
ट्विटरमा देखापर्ने सामग्रीलाई लिएर राजनीतिज्ञ र नियमनकर्ताहरूको दबाव परिरहेका बेला यस्तो निर्णय सार्वजनिक भएको हो । ट्विटरमा गलत सूचना फैलिने क्रमलाई रोक्न नसकेको भन्दै दक्षिणपन्थीदेखि वामपन्थीसम्मले उहाँको आलोचना गर्ने गरेका छन् ।

गत वर्ष भूतपूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि ट्विटरले “हिंसाका लागि उत्तेजना फैलाएको“ भन्दै प्रतिबन्ध लगाएको थियो । सम्भवतः त्यो नै सबैभन्दा शक्तिशाली प्रयोगकर्तामाथिको प्रतिबन्ध थियो । मस्कले उक्त कम्पनी लिएको खबरले अमेरिकी दक्षिणपन्थीहरूलाई खुशी बनाएको छ । यद्यपि सोमवार फक्स न्यूजसँग बोल्दै ट्रम्पले पुनः आफू ट्विटरमा फर्कने मनशाय नरहेको बताउनुभएकाे थियाे । ह्वाइट हाउसले उक्त किनबेचबारे प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।

यद्यपि प्रवक्ता जेन साकीले संवाददाताहरूलाई लामो समयदेखि राष्ट्रपति ठूला सामाजिक सञ्चाल कम्पनीहरूको शक्तिबारे चिन्तिन रहेको तर ट्विटर कसको स्वामित्वमा रहन्छ भन्ने कुरा गौण भएको बताउनुभयाे ।

बीबीसी

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका