'प्रधानमन्त्री पद जस्तो अफर आउँदा पनि त्याग गरेको परिवारबाट आएको महिला हुँ':- सिर्जना सिंह • Nepal's Trusted Digital Newspaper'प्रधानमन्त्री पद जस्तो अफर आउँदा पनि त्याग गरेको परिवारबाट आएको महिला हुँ':- सिर्जना सिंह • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘प्रधानमन्त्री पद जस्तो अफर आउँदा पनि त्याग गरेको परिवारबाट आएको महिला हुँ’:- सिर्जना सिंह

‘प्रधानमन्त्री पद जस्तो अफर आउँदा पनि त्याग गरेको परिवारबाट आएको महिला हुँ’:- सिर्जना सिंह

  • समाचारपाटी
  • बिहिबार, बैशाख १५, २०७९
‘प्रधानमन्त्री पद जस्तो अफर आउँदा पनि त्याग गरेको परिवारबाट आएको महिला हुँ’:- सिर्जना सिंह

काठमाडौं । काठमाडौं महानगरकी मेयर उम्मेदवार सिर्जना सिंहले नाताकै कारण मेयर उम्मेदवार पाएको भन्ने कुरा सत्य नभएको स्पष्ट पार्नुभएकाे छ ।

संकल्प प्रस्ताव प्रस्तुत गर्दै सिंहले आफू संघर्षशील महिला भएको उहाँले बताउनुभएकाे छ। उहाँले भन्नुभयाे, ‘हो म गणेशमानसिंह र मंगलादेवीकी बुहारी हुँ। प्रकाशमान सिंहकी श्रीमती हुँ। आफ्नो सम्पूर्ण जीवन प्रजातन्त्रका लागि होमिदिएकाको, देशको लागि बलिदान दिएकाको र प्रधानमन्त्री पद जस्तो अफर आउँदा पनि त्याग गरेको परिवारबाट आएको महिला हुँ। ’

उहाँले भन्नुभयाे, ‘मंगलादेवी सिंह आफैँ पनि वडाकाजीको नातिनी हुनुहुन्थ्यो । उहाँ महिला हक अधिकारको लागि संघर्षशील हुनुहुन्थ्यो।

सिर्जना सिंहले काठमाडौंलाई हिंड्न योग्य सहर बनाउने बताउनुभएकाे छ। राजधानीमा संकल्प प्रस्ताव प्रस्तुत गर्दै सिंहले काठमाडौंलाई सहज रुपमा हिँड्न योग्य बनाउने बताउनुभएकाे हाे।

उहाँले भन्नुभयाे, ‘काठमाडौंलाई हिंड्न योग्य सहर बनाउँछु। सबैलाई सहज रुपमा हिंड्न योग्य बनाउँछु। सडक जाम मुक्त बनाउन पहल गर्छु। कहिले पनि खाल्डा खुल्डी हुन दिन्नँ। ’सिंहले आफ्नो पहिलो प्राथमिकता सुशासन रहेको बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘शुसासनमा जोड दिन्छु। महानगरभित्र भ्रष्टाचारमुक्त सेवा दिन्छु। ’

उहाँले आफ्नो विशेष ध्यान महिलामा हुने बताउनुभयाे। ‘उहाँहरुको आर्थिक, सामाजिक स्थिति बुझेको छु। विपन्न वर्गका महिला दिदी बहिनीको श्रमको सम्मान गर्दै विशेष राहत प्याकेज ल्याउँछु,’ सिंहले भन्नुभयाे। उहाँले काठमाडौं रातीको समयमा पनि झिलिमिली बनाइने बताउनुभयाे।

‘सिर्जना सिंहका सात ‘स’ को संकल्प’ नाम दिइएको पत्रमा सेवा सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ र सफा सहर दिगो पर्यावरण, सहरी सुरक्षा, संस्कृति, सम्पदा र सभ्यता, सबल र समावेशी पूर्वाधार तथा स्वावलम्बी महिला, सबल युवा, सिर्जनाशील महानगरवासी जस्ता सातवटा प्रतिबद्धता छन्।

ghosana srijana 2 20220428135017

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका