पर्वत । स्थानीय तहको निर्वाचनका लागि पर्वतको फलेवास नगरपालिका बाट नेपाली काँग्रेसको तर्फबाट मेयर पदमा गंगाधर तिवारी र गठबन्धन तर्फ देखी उप मेयरमा सोभा क्षेत्री सिफारिस हुनुभएको छ ।
गत निर्वाचनमा नेपाली काँग्रेस मेयरमा ३ सय ४४ मतले पछाडी परेको थियो । एमालेले ९ वडा जित्दा काँग्रेस २ वडामा मात्रै सिमित बन्नपुग्यो । गत निर्वाचनको परिणाम उल्टाउने गरि यसपाली काँग्रेस चुनावी मैदानमा ओर्लिएको छ । चुनावी रणनीति बनाउन र फरकपार्टीका मत तान्न सक्ने खुबी भएकाले तिवारी र क्षेत्रीलाई फलेवासमा बलियो उम्मेदवारको रुपमा हेरिएको छ ।
चुनाव नजिकीय सँगै एमाले कार्यकर्ताको कांग्रेसमा प्रवेश को ओहिरो नै लागेको र आफुले उनिहरु लाई खादा ओडायर स्वागत गरेको तिवारीले बताउनुभयो ।
उता फलेवास नगरपालिका सातका वडाध्यक्षले बुँदागत रुपमा आफुले गर्ने कामहरुको सूचि सार्वजनिक गर्नुभएको छ । पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन, खेलकुद , आर्थिक एवं सामाजिक विकासका विभिन्न कार्यहरु वडाले सम्पादन गर्ने पाण्डेले जानकारी दिनुभयो ।
पाँच वर्षको अवधिमा जेष्ठ नागरिक भवन, लिफटीङ खानेपानी, देखि खेलमैदान व्यवस्थापन, सार्वजनिक व्यायम केन्द्र निर्माण, मठमन्दिरको संरक्षण, कृषिमा युवा लाई आकर्षण, कृषि तथा पशुपालनमा रोजगारी सृजना, सामूदायिक स्वास्थ्य केन्द्रको बिस्तार गर्ने उल्लेख गर्नु भएको छ।
वडा क्षेत्रमा चार लेन तथा दुई लेनको पक्कि सडक बनाउने कुरा पनि घोषणा पत्रमा समेटिएको छ । आफ्नो दलको बिजय निश्चित भएको भन्दै फलेवास नगरपालिका सातमा बिजय जुलुस निकालिएको छ। औपचारिकताका लागी केहि दिन कुर्नु पर्ने देखियो तर हाम्रो जित त उम्मेदवारि घोषणा गर्दाका दिन नै भएको हो त्यसैले हामीले आजदेखि नै बिजय जुलुस निकालेका हौ सालिकराम पाण्डेले बताउनुभयाे ।