पर्वत फलेवास नगरपालिका स्थानीय तहको निर्वाचनका लागि पर्वतको फलेवास नगरपालिका सात बाट नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्ष मा सालिकराम पाण्डे सिफारिस हुनुभएको छ ।
उता फलेवास नगरपालिका सातमा एमाले नातावाद कृपावाद बाहिर निस्किन नसकेको भन्दै जुलुस निकालेका छन । अघिल्लो चुनावमा ससुरा र अहिले ज्वाई को हालि मुहाली भएको ससुरा वडा अध्यक्ष हुदाँ ज्वाई ससुरा मिलेर गाउँले लाई पटक पटक विभिन्न अनाश्यक कर र सबै काम मा जनता लाई सहयोग गर्नु को सट्टा उल्टै दुख दिएको भन्दै रुष्ट बनेका हुन । भुकम्पले घर बिहिन भएका गाउँले लाई सहयोग गर्नुको सट्टा जिल्लाले सिफारिस गरेर खातामा आएको पैसा समेत ज्वाई र ससुरा मिलेर रोक्का गरिदिएको गाउँले नभुलेको बताएका छन् ।
अघिल्लो चुनावमा भोट दिएर गल्ति गर्याै अब यसपलि एमाले वडा अध्यक्ष पदका उम्मेदवार लाई नो भोट अभियान चलाएको स्थानिय बताउछन ।
उता काँग्रेस वडा अध्यक्ष सालिकराम पाण्डे लाई बधाई दिनेको ओइरो भयसँगै पार्टी सभापति सिर्जना शर्मा ले भिड नियन्त्रण गर्न स्वयंसेवक परिचालन गर्नु भएको छ। लिमिठाना पार्टी सभापतिले फलेवास नगरपालिका मा विजय हासिल हुने गरि काँग्रेसको संगठन परिचालन भएको बताउनुभयो ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा भोगेको पराजयले काँग्रेसी कार्यकर्ताहरु अहिले सजग भएको बताउँदै सभापतिले सबै ११ वडामा जित्ने गरि चुनावी अभियानमा लागिने दाबी गर्नुभएको छ ।