भारत तमिलनाडुमा मन्दिरको रथयात्राका क्रममा करेन्ट लागेर १० जनाको मृत्यु • Nepal's Trusted Digital Newspaperभारत तमिलनाडुमा मन्दिरको रथयात्राका क्रममा करेन्ट लागेर १० जनाको मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • भारत तमिलनाडुमा मन्दिरको रथयात्राका क्रममा करेन्ट लागेर १० जनाको मृत्यु

भारत तमिलनाडुमा मन्दिरको रथयात्राका क्रममा करेन्ट लागेर १० जनाको मृत्यु

  • समाचारपाटी
  • बुधबार, बैशाख १४, २०७९
भारत तमिलनाडुमा मन्दिरको रथयात्राका क्रममा करेन्ट लागेर १० जनाको मृत्यु

तमिलनाडु । भारतको तमिलनाडुको तञ्जावुरमा एउटा मन्दिरको रथयात्राका क्रममा करेन्ट लागेर १० जनाको मृत्यु भएको छ। रथयात्राको क्रममा हाईभोल्टेज तारमा ठोक्किएर १० जनाको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने भारतीय सञ्चार माध्यमहरुमा उल्लेख छ।

तिरुचिरापल्ली सेन्ट्रल जोन आईजी वी बालाकृष्णनले दुर्घटनामा अन्य १५ जना घाइते भएकाे बताउनुभएकाे छ ।  ‘वार्षिक पर्वको समयमा उच्च भोल्टेजको तारमा रथमा ठोक्किएर दुर्घटना भएको हो,’ उहाँले भन्नुभयाे ।  कतिपय रिपोर्टमा मृत्यु हुनेको संख्या ११ रहेको पनि बताइएको छ ।

प्राप्त जानकारी अनुसार दुर्घटनामा धेरै श्रद्धालुहरु गम्भीर घाइते भएका छन् । जसलाई तुरुन्तै नजिकको अस्पतालमा भर्ना गरिएको छ । सोही क्रममा खबर पाएलगत्तै प्रहरीले घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो । प्रहरीका अनुसार मृत्यु हुनेमा दुई बालबालिका पनि रहेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका