दिनेशको सिंह ठकुरीको निर्देशनमा रहेकाे गीत 'जति जन्म' सार्वजनिक (भिडियो सहित) • Nepal's Trusted Digital Newspaperदिनेशको सिंह ठकुरीको निर्देशनमा रहेकाे गीत 'जति जन्म' सार्वजनिक (भिडियो सहित) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • दिनेशको सिंह ठकुरीको निर्देशनमा रहेकाे गीत ‘जति जन्म’ सार्वजनिक (भिडियो सहित)

दिनेशको सिंह ठकुरीको निर्देशनमा रहेकाे गीत ‘जति जन्म’ सार्वजनिक (भिडियो सहित)

  • समाचारपाटी
  • बुधबार, बैशाख १४, २०७९
दिनेशको सिंह ठकुरीको निर्देशनमा रहेकाे गीत ‘जति जन्म’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । नेपाली चलचित्रका समेत निर्देशक रहेका दिनेश सिंह ठकुरीको निर्देशनमा नयाँ म्युजिक भिडियो बुढासुब्बा डिजिटलले सार्वजनिक गरेको छ । कबिता श्रेष्ठ र आरोग्य गुरागाईंले गाएको ‘जति जन्म’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

पछिल्लो समयका नेपाली चलचित्रमा समावेश गरिने सांगीतिक फ्वेवर बोकेको गीतमा राजेशकुमार श्रेष्ठको शब्द तथा संगीत रहेको छ । गीतको रेकर्डिङ समेत श्रेष्ठले सञ्चालन गरेको म्युजिक पार्क स्टुडियोमा गरिएको हो ।

विभिन्न प्राकृतिक रमणीय दृष्यहरु समावेश गरिएको भिडियोमा निरज लोहनी र बबिना बिश्वकर्माले अनस्क्रिन रोमान्स रहेकाे छ । सुवास गौतमको कोरियोग्राफी तथा मरुभूमि नारायणको छायाँकन रहेको भिडियोका निर्माता दीपक सिंह साउँद रहनुभएकाे छ । त्यसै गरी भिडियोको सम्पादन रोशन धितालले गर्नुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका