जनता समाजवादी पार्टिकाे कान्छो वडाअध्यक्षको उम्मेदवार प्रदिप देवकोटा • Nepal's Trusted Digital Newspaperजनता समाजवादी पार्टिकाे कान्छो वडाअध्यक्षको उम्मेदवार प्रदिप देवकोटा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • जनता समाजवादी पार्टिकाे कान्छो वडाअध्यक्षको उम्मेदवार प्रदिप देवकोटा

जनता समाजवादी पार्टिकाे कान्छो वडाअध्यक्षको उम्मेदवार प्रदिप देवकोटा

  • समाचारपाटी
  • बुधबार, बैशाख १४, २०७९
जनता समाजवादी पार्टिकाे कान्छो वडाअध्यक्षको उम्मेदवार प्रदिप देवकोटा

कास्की अनपूर्ण गाउँपालीका वडा नं ६ लुम्ले बाट  जनता समाजवादी पार्टिकाे कान्छो वडाअध्यक्षको उम्मेदवार बन्नुभएकाे छ । प्रदिप देवकोटा ।

कास्की अनपूर्ण गाउँपालीका वडा नं ६ लुम्ले जनता समाजवादी पार्टिबाट वडा अध्यक्षको उम्मेदवार बन्नुभएका प्रदिप देवकोटा भर्खर २२ वर्षका हुनुभएकाे छ ।

हरेक गाउँ शहरमा युवाको नेतृत्व गर्न पाउनुपर्ने भन्दै उहाँले उम्मेदवार दर्ता गराउनुभएकाे हाे । उहाँ पोखरा पिएन क्याम्पसमा समाजशास्त्र विषयमा अध्ययनरत छात्र पनि हुनुहुन्छ । डा बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी हुँदा उहाँ विध्यार्थि को केन्द्रिय सदस्य समेत रहनुभएकाे थियाे ।

अहिले अन्नपूर्ण  गाउँपालिकाका समाजवादी विध्यार्थी युनियनका अध्यक्ष समेत रहनुभएका प्रदिप देवकोटा पार्टिको जिल्ला सदस्य पनि हुनुहुन्छ , उहाँ भन्नुहुन्छ “युवालाई सधै हतियार बनाउने प्रवृतिको अन्त्य गर्न वडा अध्यक्षको उम्मेदवार दिएको हुँ” र हरेक ठाउँमा युवा अगाडी  सरे मात्र देश अघि बढ्ने उहाँले बताउनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका