पुम्दीकोटमा १० दिनसम्म संचालन भएको महायज्ञमा ३ करोड ५२ लाख रुपैयाँ संकलन • Nepal's Trusted Digital Newspaperपुम्दीकोटमा १० दिनसम्म संचालन भएको महायज्ञमा ३ करोड ५२ लाख रुपैयाँ संकलन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पुम्दीकोटमा १० दिनसम्म संचालन भएको महायज्ञमा ३ करोड ५२ लाख रुपैयाँ संकलन

पुम्दीकोटमा १० दिनसम्म संचालन भएको महायज्ञमा ३ करोड ५२ लाख रुपैयाँ संकलन

  • समाचारपाटी
  • बुधबार, बैशाख १४, २०७९
पुम्दीकोटमा १० दिनसम्म संचालन भएको महायज्ञमा ३ करोड ५२ लाख रुपैयाँ संकलन

पोखरा । पर्यटकीय स्थल पोखरा २२ को पुम्दीकोटमा १० दिन संचालन भएको महायज्ञमा ३ करोड ५२ लाख रुपैयाँ संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्तरगत मंगलबारसम्म संचालन भएको उक्त महायज्ञबाट सो रकम संकलन भएको महायज्ञका आर्थिक उपसमिति सह–संयोजक निर्मल बरालले बताउनुभयाे ।

महायज्ञको दशौं दिन (मंगलबार) मात्र करिब १५ लाख १९ हजार रुपैया संकलन भएको बरालले बताउनुभयाे । महायज्ञमा पोखरा १७ विरौटाका बिजय अधिकारी र तुलसी अधिकारीबाट १ लाख ८ हजार १ सय ८, पोखराका सनतकुमार श्रेष्ठबाट १ लाख १ हजार १ सय ११, पोखरा २२ लप्सिवोटका सौरवी पौडेल (सुर्य) बाट १ लाख १ सय ८, स्थानिय ढोरनाथ बरालबाट १ लाख रुपैय सहयोग प्राप्त भएको समितिले जनाएको छ ।

त्यसै गरी कालावाङ घरेडी पोखरा तमु समाजबाट ५७ हजार ७ सय ५५, पोखरा ६ बैदाम निवासी डा. सुवास बराल र राजु बरालबाट ५५ हजार ५ सय ५५, पोखरा ८ सिमलचौरका कृष्ण भुजेल र किरण भुजेलबाट ५५ हजार ५ सय ५५, पोखरा १७ निवासी दुर्गा पगेनीबाट ५१ हजार, अन्नपूर्ण ३ का कुशुम कुमार पौडेलबाट ५० हजार रुपैया महायज्ञको अन्तिम दिनमा सहयोग प्राप्त भएको आर्थिक उपसमिति सदस्य भवनराज बरालले बताउनुभयाे ।

वैशाख ४ देखि १२ गतेसम्म संचालन हुने भनिएको महायज्ञ दाताहरुको माग अनुसार एक दिन थप गरी १० दिनसम्म संचालन गरिएको समितिले जनाएको छ । महायज्ञको औपचारिक रुपमा समापन गर्दै समितिका अध्यक्ष चन्द्रकान्त बरालले महायज्ञ सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण दाता, स्थानिय, समितिका पदाधिकारी, शुभेच्छुक तथा मित्रजन तथा विभिन्न आमा समुह, क्लव सहितका विभिन्न संघ संस्थाहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभएकाे छ। सौहार्दपूर्ण रुपमा महायज्ञ सम्पन्न भएसंगै अब बिशाल महादेवको मुर्ति निर्माण अभियान पुनः तिव्र गतिमा अघि बढाउने आफुहरुको योजना रहेको अध्यक्ष बरालले बताउनुभयाे ।

बिशाल महादेवका अपुरा कार्य पूरा गर्न महायज्ञले थप बल पुगेको उहाँले जनाउनुभयाे । महायज्ञमा मुख्य बाचकको रुपमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम रहनुभएकाे थियाे । दोश्रो पटक आयोजना गरिएको महायज्ञमा पनि दाता र शिवका भक्तहरुको उत्साहजनक रुपमा सहभागिता रहेको आर्थिक उपसमिति संयोजक डिल्लीराम बरालले बताउनुभयाे । दोश्रो महायज्ञबाट प्राप्त सहयोगलाई पारदर्शी ढंगले आवश्यक पर्ने भौतिक पुर्वाधार निर्माणमा आफुहरुले जोड दिने उपाध्यक्ष हिमलाल बरालले बताउनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका