गण्डकी प्रदेशका पालिकाहरूमा उम्मेदवारी दर्ता गर्ने अधिकांश पुरानै अनुहार • Nepal's Trusted Digital Newspaperगण्डकी प्रदेशका पालिकाहरूमा उम्मेदवारी दर्ता गर्ने अधिकांश पुरानै अनुहार • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गण्डकी प्रदेशका पालिकाहरूमा उम्मेदवारी दर्ता गर्ने अधिकांश पुरानै अनुहार

गण्डकी प्रदेशका पालिकाहरूमा उम्मेदवारी दर्ता गर्ने अधिकांश पुरानै अनुहार

  • समाचारपाटी
  • बुधबार, बैशाख १४, २०७९
गण्डकी प्रदेशका पालिकाहरूमा उम्मेदवारी दर्ता गर्ने अधिकांश पुरानै अनुहार

गण्डकी प्रदेशमा पालिका प्रमुख तथा उपप्रमुखमा दोहोरिन इच्छा राख्ने र उम्मेदवारी दिने नेकपा माओवादि  प्रकाश घर्ती हुनुहुन्छ । भौगोलिक रुपमा देशकै ठूलो महानगर पोखराको उपप्रमुखमा पनि मञ्जुदेवीलाई दोहोर्‍याउने गरी नेकपा एमालेले मनोनित गरेको हो ।  ।

कास्कीकै रुपा गाउँपालिकामा पनि निवर्तमान पालिका अध्यक्ष र उपाध्यक्षले जनप्रतिनिधिका रुपमा दोहोरिन उम्मेदवारी दिनुभएकाे छ । अघिल्लो चुनावमा नेकपा एमालेबाट विजयी हुनुभएका अध्यक्ष नवराज ओझा र उपाध्यक्ष लालसुबा गुरुङले पुनः दोहोरिन उम्मेदवारी दिनुभएकाे हाे ।

कास्कीकै अन्नपूर्ण गाउँपालिकाका युवराज कुँवरले पुनः पालिका प्रमुखमा दोहोरिन उम्मेदवारी दर्ता गर्नुभएकाे छ । पोखरामा ५ पालिकामध्ये नेपाली कांग्रेसले अन्नपूर्ण गाउँपालिका प्रमुखमा मात्रै जितेको थियो । युवरा कुँवरले पुनः अन्नपूर्ण गाउँपालिका प्रमुखमा उम्मेदवारी दिनुभएकाे हाे ।

हिमाली जिल्ला मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले पनि पालिका प्रमुखमा दोहोरिन उम्मेदवारी दर्ता गर्नुभएकाे छ । ०७४ सालमा स्वतन्त्रबाट पालिका प्रमुखमा विजयी हुनुभएका विष्ट पनि नेकपा एमाले प्रवेश गर्नुभएकाे थियाे । यसपटक भने उहाँ नेकपा एमालेबाटै पालिका प्रमुखमा भिड्न लाग्नुभएकाे हाे । मनाङको डिस्याङ गाउँपालिका प्रमुखमा कान्छा घलेलाई नै नेकपा एमालेले दोहोर्‍याएको छ ।

बागलुङको बागलुङ नगरपालिकाका निवर्तमान प्रमुख जनकराज शर्माले उम्मेदवारी दिनुभएकाे छ । नेकपा एमालेबाट उहाँ पालिकामा दोहोरिन पुनः उम्मेदवारी दिनुभएकाे हाे । उहाँको प्रतिद्वन्द्वीमा अघिल्लो चुनावमा उहाँसँगै पराजित हुनुभएका सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वसन्तकुमार श्रेष्ठ हुनुहुन्छ ।

त्यस्तै, पर्वतबाट पनि पालिका प्रमुख तथा उपप्रमुखमा दोहोरिन ३ जनाले उम्मेदवारी दिनुभएकाे छ । जसमध्ये फलेवासमा हालकै प्रमुख र उपप्रमुख दोहोरिने गरी नेकपा एमालेले सिफारिस गरेको थियो ।

पर्वतमा पालिका प्रमुखमा दोहोरिन उम्मेदवारी दिनेमा कुश्मा नगरपालिकाका निवर्तमान मेयर कांग्रेसका रामचन्द्र जोशी, फलेवास नगरपालिका निवर्तमान मेयर एमालेका पदमपाणि शर्मा, उपप्रमुख एमालेकै मञ्जुदेवी अधिकारी हुनुहुन्छ।

स्याङ्जाका विभिन्न पालिकाका ६ जना पालिका प्रमुख/उपप्रमुख दोहोरिन उम्मेदवारी दिनुभएकाे छ । स्याङ्जाको पुतलीबजारमा प्रमुख र उपप्रमुख दुवै दोहोरिन उम्मेदवारी दर्ता गर्नुभएकाे छ । नेकपा एमालेबाट विजयी हुनुभएका नगरप्रमुख सीमा क्षेत्री र उपप्रमुख महेश पुरीलाई नै एमालेले दोहोर्‍याएको छ ।

स्याङ्जाकै अर्जुनचौपारी गाउँपालिका हालकी उपप्रमुख चिनमाया गुरुङ प्रमुखमा दोहोरिन मनोनयन दर्ता गर्नुभएकाे छ । पहिलेकाे निर्वाचनमा गुरुङ नेकपा एमालेबाट उपप्रमुखमा विजयी हुनुभएकाे थियाे ।

कालीगण्डकी गाउँपालिकाका निवर्तमान प्रमुख खिमबहादुर थापा पनि जनप्रतिनिधिमा दोहोरिन उम्मेदवारी दर्ता गर्नुभएकाे छ ।

स्याङ्जाकै हरिनाश गाउँपालिका प्रमुखमा अघिल्लो चुनावमा नेकपा एमालेबाट विजयी हुनुभएका खिमनारायण मानन्धर यसपटक पनि दोहोरिन उम्मेदवारी दिनुभएकाे छ ।

स्याङ्जा फेदीखोला गाउँपालिकाका अध्यक्षमा नेकपा एमाले घनश्याम सुवेदीले पनि पुनः दोहोरिन उम्मेदवारी दिनुभएकाे छ ।

तनहुँमा पनि पालिका प्रमुखमा दोहोरिनेको लर्को छ । तनहुँको देवघाट गाउँपालिकामा प्रमुखमा दोहोर्‍याउन नेकपा एमालेबाट दुर्गाबहादुर थापाले उम्मेदवारी दिनुका छन् । आँबुखैरेनी गाउँपालिकामा दोहोरिन कांग्रेसका गिरबहादुर थापाले मनोनयन दर्ता गर्नुभएकाे छ ।

त्यस्तै बन्दीपुर गाउँपालिकाको हालकै अध्यक्ष र उपाध्यक्षमा दोहोरिन उम्मेदवारी परेको छ । माओवादी केन्द्रबाट अध्यक्षमा पूर्णसिंह थापा र उपाध्यक्षमा करुणा गुरुङले उम्मेदवारी दर्ता गर्नुभएकाे हाे । म्याग्दे गाउँपालिकामा कांग्रेसका माया राना र उपाध्यक्ष बालकृष्ण घिमिरे दोहोरिन उम्मेदवारी दिनुभएकाे छ ।

भिमाद नगरपालिका उपप्रमुखमा दोहोरिन एमालेकी शारदा खनालले उम्मेदवारी दिनुभएकाे छ । ऋषिङ गाउँपालिकामा दोहोरिन नेपाली कांग्रेसले हालकै अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनुमाया थापाको उम्मेदवारी दर्ता गराएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका