काठमाडौं । प्रमोद खरेल र अन्जु पन्तको स्वरमा रहेको ’तिम्रो यादले’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा अर्जुन पोखरेलको शब्द तथा संगित रहेको छ भने नविन अधिकारी र क्रिस्टिना थापाको अभिनय देख्न सकिन्छ ।
गीतमा प्रेम र रोमान्सका पलहरुलाई आकर्षक रुपमा देखाइएको छ । प्रेमील जोडि विचको प्रेमलाई रमणिय स्थानमा छायाँकन गरिएको छ । सार्वजनिक गीतको भिडियो लाई नवराज उप्रेतीले छायांकन गर्नुभएकाे हाे ।
विकाश दाहालकाे सम्पादन रहेकाे गीतमा जस बहादुर याक्खाले निर्देशन गर्नुभएकाे छ । गीतको भिडियोलाई हिट म्युजिकको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।