जिन्दगीको यथार्थ समेटिएको ''जीवन'' सार्वजनिक (भिडियो) • Nepal's Trusted Digital Newspaperजिन्दगीको यथार्थ समेटिएको ''जीवन'' सार्वजनिक (भिडियो) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • जिन्दगीको यथार्थ समेटिएको ”जीवन” सार्वजनिक (भिडियो)

जिन्दगीको यथार्थ समेटिएको ”जीवन” सार्वजनिक (भिडियो)

  • समाचारपाटी
  • मङ्लबार, बैशाख १३, २०७९
जिन्दगीको यथार्थ समेटिएको ”जीवन” सार्वजनिक (भिडियो)

काठमाडौं । जिन्दगीको यथार्थलाई समेटिएको गायक चन्द्र लावारको स्वरमा समावेश ”जीवन”बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। आफ्नी छोरी सान्वीको जन्म दिनको शुभ अवसर पारेर गायक लावारले यो म्युजिक भिडियो सार्वजनिक गर्नुभएकाे हाे। गीतका शब्द शिव चम्ल्गाईले लेख्नुभएकाे हाे ।

म्युजिक भिडियोमा पुरन, रायना र सुनिताको अभिनय रहेको छ। अनोज सुनार र जमनको कोरियोग्राफी रहेको यस प्रेम तामाङ र अनोज सुनारले सयुक्त रुपमा सम्पादन गर्नुभएकाे हाे। जमन बिस्टको निर्देशनमा भिडियो तयार पारिएको हो। गायक लावारको युट्युव च्यानल चन्द्र लावार मार्फत भिडियो सार्वजनिक भएको हो।

यसअघि गायक लावारको स्वरमा समावेश किन होला एकै नजर बोलको म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्। हाल अमेरिकामा रहेका गायक लावारले आफ्नो नयाँ म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबै दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गर्नुभएकाे छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका