विश्वकै सबैभन्दा वृद्ध तानाकाको निधन • Nepal's Trusted Digital Newspaperविश्वकै सबैभन्दा वृद्ध तानाकाको निधन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • विश्वकै सबैभन्दा वृद्ध तानाकाको निधन

विश्वकै सबैभन्दा वृद्ध तानाकाको निधन

  • समाचारपाटी
  • मङ्लबार, बैशाख १३, २०७९
विश्वकै सबैभन्दा वृद्ध तानाकाको निधन

विश्वकै सबैभन्दा वृद्ध व्यक्ति मानिएकी एक जापानी महिलाको ११९ वर्षको उमेरमा मृत्यु भएको छ । काने तानाका सन् १९०३ मा जन्मिएकी थिइन्। जोर्ज ओर्वेलको जन्म पनि त्यही वर्ष भएको थियो। त्यतिबेला जापान शक्तिराष्ट्रका रूप बन्ने क्रममा थियो । उनको विवाह १०० वर्षअघि भएको थियो। उनका चार सन्तान थिए । केही वर्षदेखि उनी एउटा स्याहारगृहमा बस्थिन् । उनलाई बोर्ड गेम र चकलेट असाध्यै मन पर्थ्यो ।

दिनचर्या कस्तो थियो ?
उनको मृत्यु भएपछि फ्रान्सकी एक इसाई संन्यासिनी सबैभन्दा वृद्ध व्यक्ति बनेकी छन् । उनी अहिले ११८ वर्षकी भइन् । उनको जन्म भएको वर्ष संयुक्त राज्य अमेरिकामा थिओडोर रूजभेल्ट राष्ट्रपति थिए भने एड्वर्ड सप्तम ब्रिटिश राजगद्दीमा थिए । राइट बन्धुहरूले त्यही वर्ष विमानको उडान गरेका थिए अनि टूर डे फ्रान्स आरम्भ भएको थियो । त्यसको अर्को वर्ष रुसले जापानविरुद्ध युद्ध सुरु ग¥यो तर नराम्ररी पराजित भयो ।

तानाकाका आमाबुवाका नौ सन्तान थिए । तीमध्ये उनी सातौँ थिइन् । उनको विवाह १९ वर्षको उमेरमा भयो । उनले चाउचाउ पसल सञ्चालनसहित विभिन्न व्यवसाय गरिन् ।

बिहे हुनुअघि उनले आफ्ना पतिलाई कहिल्यै भेटेकी थिइनन् । उनका पति सन् १९३७ मा भएको चीन–जापान युद्धमा सहभागी भएका थिए । द्वितीय विश्वयुद्धमा जापानी सेनाबाट लडेका उनीहरूका छोरालाई सोभियत सङ्घले बन्दी बनाएको थियो ।

तानाका टोक्यो ओलिम्पिक्सको बेला मसाल ¥यालीमा सहभागी हुने योजना बनेको थियो । तर कोभिड महामारीका कारण उनी त्यसमा सहभागी हुन सकिनन् ।

गुलियो कुरा असाध्य मन पराउने तानाका स्याहारगृहमा बिहान सबेरै उठ्ने गर्थिन् । गणित र कलात्मक हस्तलिपिमा उनी समय व्यतीत गर्थिन् । सन् २०१९ मा विश्वकै सर्वाधिक उमेरको व्यक्तिका रूपमा उनलाई प्रमाणित गर्न आयोजित कार्यक्रममा सहभागी हुँदा उनी धेरै प्रसन्न देखिन्थिन् ।

विश्वमा सबैभन्दा बढी समय जीवित रहने उपाधि एक फ्रान्सेली महिलाको छ । सन् १९९७ मा मृत्यु हुँदा उनको उमेर १२२ वर्ष १६४ दिन थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका