'मैले चुनाव जिते काठमाडौं महानगरबाट भ्रष्टाचार अन्त्य गर्छु':-मदनदास श्रेष्ठ • Nepal's Trusted Digital Newspaper'मैले चुनाव जिते काठमाडौं महानगरबाट भ्रष्टाचार अन्त्य गर्छु':-मदनदास श्रेष्ठ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘मैले चुनाव जिते काठमाडौं महानगरबाट भ्रष्टाचार अन्त्य गर्छु’:-मदनदास श्रेष्ठ

‘मैले चुनाव जिते काठमाडौं महानगरबाट भ्रष्टाचार अन्त्य गर्छु’:-मदनदास श्रेष्ठ

  • समाचारपाटी
  • मङ्लबार, बैशाख १३, २०७९
‘मैले चुनाव जिते काठमाडौं महानगरबाट भ्रष्टाचार अन्त्य गर्छु’:-मदनदास श्रेष्ठ
photo source:-onlinekhabar

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दोस्रो दिन सोमबार काठमाडौंको प्रदर्शनी मार्ग भरिभराउ भयो । उम्मेदवारको समर्थनमा नाराबाजी मात्रै भएन उनीहरुको पक्षमा माहोल बनाउन बाजागाजासहित कार्यकर्ता तथा समर्थक प्रदर्शनी मार्ग पुगेका थिए ।

काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गर्न करिब १ बजेतिर तामझाम ब्यानरसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सभागृह पुग्यो ।

‘भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु सरह हो’ लेखिएको ब्यानर बोक्दै राप्रपाबाट मेयरमा उम्मेदवारी दिन मदनदास श्रेष्ठ र उपमेयरमा विनिता मगैया समर्थकका साथ नाराबाजी गर्दै सभागृह पुग्नुभएकाे थियाे ।

उम्मेदवारलाई समर्थन गर्न आएकाहरु सबै सभागृह छिर्न खोज्दा प्रहरीले उनीहरुलाई बाहिरै रोक्यो । समर्थक र प्रस्तावकलाई मात्रै सभागृह प्रवेश गर्न दिइयो ।

राप्रपाबाट मेयरका उम्मेदवार मदनदास श्रेष्ठले आफूले चुनाव जिते पहिलो एजेण्डा नै महानगरबाट भ्रष्टाचार अन्त्य गर्ने भएको बताउनुभएकाे थियाे ।

उहाँले अव्यवस्थित काठमाडौं महानगरलाई व्यवस्थित र सुन्दर बनाउनुका साथै अव्यवस्थित फोहोरमैला व्यवस्थापन गर्ने बताउनुभयाे । ‘भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानुसरह हो । मैले चुनाव जिते काठमाडौं महानगरबाट भ्रष्टाचार अन्त्य गर्छु,’ श्रेष्ठले भन्नुभयाे ।

राप्रपाले पूरा हुन नसक्ने सपना नबाड्ने भन्दै उहाँले हरेक वडामा दुई देखि तीनवटासम्म ज्येष्ठ नागरिक तथा बालबाटिका निर्माण गर्ने बताउनुभयाे ।

यसका साथै श्रेष्ठले चुनाव जिते आफ्नो पाटीको घोषणापत्रमा उल्लेख गरिएको प्लस टुसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने जानकारी दिनुभयाे ।

सभागृहको माहोल हेर्दा त्यहा कुनै जितको र्याली भन्दा कम थिएन् । उम्मेदवारलाई सभागृह भित्र प्रवेश गराउन प्रहरी तथा समर्थकलाई निकै सकस भयो । उनीहरु समर्थक र पत्रकारका क्यामेराबाट घेरिएका थिए ।

 

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका