पश्चिमाञ्चल खेलकुद विकास समितिद्वारा खेलकुद पत्रकार मञ्च गण्डकीका पदाधिकारीहरुलाई बधाई • Nepal's Trusted Digital Newspaperपश्चिमाञ्चल खेलकुद विकास समितिद्वारा खेलकुद पत्रकार मञ्च गण्डकीका पदाधिकारीहरुलाई बधाई • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पश्चिमाञ्चल खेलकुद विकास समितिद्वारा खेलकुद पत्रकार मञ्च गण्डकीका पदाधिकारीहरुलाई बधाई

पश्चिमाञ्चल खेलकुद विकास समितिद्वारा खेलकुद पत्रकार मञ्च गण्डकीका पदाधिकारीहरुलाई बधाई

  • समाचारपाटी
  • सोमवार, बैशाख १२, २०७९
पश्चिमाञ्चल खेलकुद विकास समितिद्वारा खेलकुद पत्रकार मञ्च गण्डकीका पदाधिकारीहरुलाई बधाई

पोखरा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पदाधिकारीहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । मञ्चको हालै सम्पन्न अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीलाई समितिले एक समारोहका बिच पोखरा रंगशालामा आइतबार स्वागत तथा बधाई ज्ञापन गरेको हो ।

NSjf 2 1

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य राजेश गुरुङ र पश्चिमाञ्चल खेलकुद विकास समितका कार्यालय प्रमुख लक्ष्मण योगीले मञ्चका अध्यक्ष दीननाथ बराल सहितको पदाधिकारीहरुलाई टिका र खादा लगाएर स्वागत तथा बधाई ज्ञापन गर्नुभएकाे हाे ।

कार्यक्रममा बोल्दै राखेप सदस्य गुरुङले गण्डकी प्रदेशको राजधानि पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक सबै पूर्वाधारहरु तयार रहेको बताउनुभयाे । उहाँले नवौं राष्ट्रिय खेलकुदको कुम्भ मेलाका रुपमा अर्थाउँदै ३६ खेलको प्रतियोगिताबाट बढाएर अझै केही खेलहरु थप गर्ने विषयमा आफूहरु छलफलमै रहेको बताउनुभयाे ।

प्रतियोगिता आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरा लगायत अन्य जिल्लामा कम्तिमा एक खेल सञ्चालन गर्ने तयारी भइरहेको छ । कार्यक्रममा मञ्चका अध्यक्ष बरालले खेल, खेलाडी र खेलसंघहरुसँग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

उहाँले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा हुँदै गर्दा यसलाई सफल पार्न सहकार्य गरेर अगाडी बढ्न आग्रह गर्नुभयाे । नवौं खेलकुद लक्षित गरी छलफल कार्यक्रम र पोखरा स्पोट्र्स अवार्ड असार पहिलो साता गर्ने तयारी गरेको अध्यक्ष बरालले जनाउनुभयाे । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका प्रमुख लक्ष्मण योगीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निर्देशक कृष्ण तिमिल्सिनाले गर्नुभएकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका