काठमाडौं । न्युजिल्याण्डमा रहेकी कवियत्री, गीतकार एवम गजलकार नमिता दवाडीको शब्दमा रहेको गजल गीत ‘भन को थियो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर गायक केशव भावुकको रहेको छ भने संगीत लोकप्रिय संगीतकार हरि लम्सालको रहेको छ।
यस गीतलाई उदयराज पौडेलले संगीत संयोजन गर्नुभएकाे हाे। दीपक गिरीले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गर्नुभएकाे हाे। म्युजिक भिडियोमा जीबी चिरन, अस्मिता जुरेली र दिनेश सुनार फिचर्ड रहेकाे छ । सशान कंडेलको निर्देशनमा भिडियो तयार पारिएको हो।
गीतकार दवाडीको युट्युव च्यानल नमिता दवाडी मार्फत भिडियो सार्वजनिक भएको हो। यसअघि गीतकार दवाडीको शब्दमा समावेश म मजदुर मायाको बोलको म्युजिक भिडियो सार्वजनिक भैसकेको छ। निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया सबै दर्शक, स्रोतालाई आग्रह गरेको छ।