राजन राज शिवाकोटीको गीतमा बिना, भिम र सन्तोष पन्तको अभिनय • Nepal's Trusted Digital Newspaperराजन राज शिवाकोटीको गीतमा बिना, भिम र सन्तोष पन्तको अभिनय • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राजन राज शिवाकोटीको गीतमा बिना, भिम र सन्तोष पन्तको अभिनय

राजन राज शिवाकोटीको गीतमा बिना, भिम र सन्तोष पन्तको अभिनय

  • समाचारपाटी
  • आइतवार, बैशाख ११, २०७९
राजन राज शिवाकोटीको गीतमा बिना, भिम र सन्तोष पन्तको अभिनय

काठमाडौं । गायक भिम श्रेष्ठले आउँथे त्यतै म बोलको गीतको भिडियो सार्वजनिक गर्नुभएकाे छ । राजन राज शिवाकोटीको शब्द तथा संगीत सृजना रहेको गीतमा गायक श्रेष्ठ र गायिका शान्तिश्री परियारको स्वर सुन्न सकिन्छ ।

गहिरो प्रेममा रहेका एक प्रेमील जोडीको प्रेम कहानीलाई रोमान्टिक तरिकाले देखाइएको भिडियोमा गायक श्रेष्ठ र मोडल बिना राउतको अभिनय रहेको छ ।

भिडियोमा गायक श्रेष्ठ र बिनाका अलावा बरिष्ठ कलाकारद्धय सन्तोष पन्त र रमा थमलियाको पनि अभिनय देख्न सकिन्छ । फराज अर्पणको निर्देशनमा तयार भएको भिडियोमा अभि लामाको कोरियोग्राफी रहेको छ । सौरभ लामाको छायांकन रहेको भिडियोमा निर्देशक फराजकै सम्पादन र कलर रहेको छ । भिडियो गायक श्रेष्ठकै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

Bina raut 1 Bina raut 2 Bina raut 4 1 Bina raut 5

 

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका