पोखरा १३ र २५ का अटेरी उम्मेद्वारको कार्ययोजनापत्र सार्वजनिक • Nepal's Trusted Digital Newspaperपोखरा १३ र २५ का अटेरी उम्मेद्वारको कार्ययोजनापत्र सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरा १३ र २५ का अटेरी उम्मेद्वारको कार्ययोजनापत्र सार्वजनिक

पोखरा १३ र २५ का अटेरी उम्मेद्वारको कार्ययोजनापत्र सार्वजनिक

  • समाचारपाटी
  • आइतवार, बैशाख ११, २०७९
पोखरा १३ र २५ का अटेरी उम्मेद्वारको कार्ययोजनापत्र सार्वजनिक

पोखरा । पोखरा १३ र २५ मा अटेरी उम्मेद्वारी घोषणा गरेका उम्मेद्वारको कार्ययोजना सार्वजनिक भएको छ । दुवै वडाको चुनावी कार्ययोजनापत्र शनिबार सार्वजनिक गरिएको हो ।

पोखरा १३ को चुनावी कार्ययोजनापत्र सार्वजनिकीकरणमा कार्यक्रममा स्वागत मन्तव्य राख्दै अटेरीका महिला परिचालन सह संयोजक शैमुन निशाले राजनीतिक दलले बन्धक बनाएर राखेकाले अटेर गर्न आवश्यक रहेको बताउनुभयाे । राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिले राम्रो काम गरेको खण्डमा स्वदेशमै रोजगारी सिर्जना हुनुपर्नेमा युवाहरु विदेशिन बाध्य भई रहेको उहाँले बताउनुभयाे ।

वडा नम्बर १३ को वडाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका अमृत बहादुर विश्वकर्माले कार्ययोजनापत्र सार्वजनिकिकरणपछि विवेक प्रयोग गरेर मत हाल्न अनुरोध गर्नुभयाे । उहाँले आफू निर्वाचित भएपछि गर्न सक्ने काम मात्र घोषणापत्रमा समेटेको जिकिर गर्नुभयाे ।

कार्ययोजनापत्र सार्वजनिकीकरण कार्यक्रममा चलचित्र निर्देशक मनोज पण्डितकाे समेत उपस्थित थियाे । उहाँले अटेरी उम्मेद्वारी घोषणा गरेका अटेरीका सबै अभियन्ताहरुलाई शुभकामना दिनुभयाे । पोखराबाट सुरु भएको अटेरी आन्दोलनले चारैतिर विद्रोह सुरु गरेको भन्दै उहाँले सबैलाई अटेर गर्न समेत अपिल गर्नुभयाे ।

कार्यक्रममा लोक संस्कृतिकर्मी हनिफ मियाले समेत अटेरी उम्मेद्वारलाई जितको शुभकामना दिनुभएकाे थियाे । वडा नम्बर १३ बाट वडाध्यक्ष पदका लागि अमृतबहादुर विश्वकर्मा । सदस्य पदमा केशबहादुर गुरुङ, सीता परियार र सागर बरालले उम्मेद्वारी घोषणा गर्नुभएकाे छ ।

वडा नम्बर २५ को कार्ययोजनापत्र सार्वजनिकीकरणपछि वडाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका सोमनाथ अधिकारीले राजनीतिक दलले राम्रो काम नगर्दा आफूले उम्मेद्वारी दिनु परेको बताउनुभयाे । उहाँले कार्ययोजनापत्रमा उल्लेख भए अनुसार आफूले वडाका लागि काम गर्न कटिबद्ध रहेको बताउनुभयाे ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै अटेरीकी महिला अभियान संयोजक युनिका ढकालले राजनैतिक दलले व्यवस्था परिवर्तन गरे पनि नागरिकको अवस्था परिवर्तन गर्न नसकेको बताउनुभयाे । उहाँले चुनावमा विवेक प्रयोग गरेर अटेरीका उम्मेद्वार सही लागे मात्रै भोट दिन अपिल गर्नुभयाे ।

अटेरीका पोखरा महानगर प्रमुख पदका उम्मेद्वार गनेस पौडेलले अटेरीले गर्न सक्ने काम मात्र घोषणापत्रमा समेटेको बताउनुभयाे । संघीयतापछि स्थानीय तहलाई स्वायत्त घोषणा गरे पनि अझैं पनि केन्द्रमै अधिकार केन्द्रित गरिएकाले आफूहरुले अटेर गर्नु परेको बताउनुभयाे ।

उहाँले चुनावी कार्ययोजनापत्र पढेर उम्मेद्वारलाई मुल्यांकन गरेर मात्रै भोट दिन पनि अपिल गर्नुभयाे । वडा नम्बर २५ को कार्ययोजना सार्वजनिकीकरण कार्यक्रममा पनि चलचित्र निर्देशक मनोज पण्डितले शुभकामना मन्तव्य दिनुभएकाे थियाे । दुवै कार्यक्रमको सञ्चालन अभियानका निर्वाचन अभियान संयोजक हरि कार्कीले गर्नुभएकाे थियाे । वडा नम्बर २५ मा वडा अध्यक्षका लागि सोमनाथ अधिकारी र वडा सदस्यका पदका लागि नवीन थापा र नवीन त्रिपाठीले उम्मेद्वारी घोषणा गर्नुभएकाे छ ।

aateri 2

ater

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका