ब्याडमिन्टनकी राष्ट्रिय च्याम्पियन रशिलाद्वारा आर्थिक सहयोग • Nepal's Trusted Digital Newspaperब्याडमिन्टनकी राष्ट्रिय च्याम्पियन रशिलाद्वारा आर्थिक सहयोग • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ब्याडमिन्टनकी राष्ट्रिय च्याम्पियन रशिलाद्वारा आर्थिक सहयोग

ब्याडमिन्टनकी राष्ट्रिय च्याम्पियन रशिलाद्वारा आर्थिक सहयोग

  • समाचारपाटी
  • आइतवार, बैशाख ११, २०७९
ब्याडमिन्टनकी राष्ट्रिय च्याम्पियन रशिलाद्वारा आर्थिक सहयोग

ब्याडमिन्टनकी राष्ट्रिय च्याम्पियन रशिला महर्जनले आर्थिक सहयोग गर्नुभएकाे छ । महर्जनले अर्का ब्याडमिन्टन जुनियर खेलाडी विवेक चौधरीको उपचारका लागि आर्थिक सहयोग गर्नुभएकाे हाे । उहाँले बुटवलमा जारी दोश्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ मा उपाधी हात पारे बापत प्राप्त रकमको आधा रकम चौधरीको उपचारका लागि प्रदान गर्ने निर्णय गरेको रशिलाका पिता राजेश महर्जनले जानकारी गराउनुभयाे ।

नेपाली सेनाबाट खेल्दै आएका कञ्चनपुरका विवेक चौधरीको मुटुमा समस्या आए पछि अप्रेसन गर्नु पर्ने अवस्थामा रहेको समेत राजेश महर्जनले जानकारी गराउनुभयाे ।

बुटवलमा सम्पन्न प्रतियोगितामा एपिएफकी जेशिका गुरुङ्गलाई १६ – २१, २१–१९, २१–१८ ले पराजित गर्दै रशिलाले महिला एकलको उपाधी जित्नुभएकाे हाे । उहाँले नगद ३० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नुभएकाे थियाे । पुरुष एकल तर्फ बञ्जारा एग्रोका प्रिन्स दाहालले सेनाका प्रफुल महर्जन माथि २१–१०, १८–२१, २१–१२ ले पराजित गर्दै उपाधी जित्नुभयाे । उहाँले नगद ५० हजार सहित मेडल, ट्रफी र प्रमाण प्राप्त गर्नुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका