भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाद्वारा पदभार ग्रहण • Nepal's Trusted Digital Newspaperभक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाद्वारा पदभार ग्रहण • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाद्वारा पदभार ग्रहण

भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाद्वारा पदभार ग्रहण

  • समाचारपाटी
  • आइतवार, बैशाख ११, २०७९
भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाद्वारा पदभार ग्रहण

नवनियुक्त भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले पदभार ग्रहण गरेका छन् । शुक्रबार भक्तपुरस्थित कार्यालयमा उहाँलाई कार्यालय प्रमुख दुर्गा प्रसाद दुलालले स्वागत गर्नुभएकाे थियाे ।

बागमती प्रदेश खेलकुद विकास परिषदले थापालाई केही दिन अगाडि अध्यक्षमा नियुक्त गरेको थियो । पदभार ग्रहण गर्दै अध्यक्ष थापाले भक्तपुरको खेलकुद विकासका लागि सबैको साथ सहयोगको खाँचो रहेको बताउनुभयाे । ‘मेरो कार्यकालमा खेल र खेलाडीको विकासको सक्दो प्रयास गर्नेछु अध्यक्ष थापाले भन्नुभयाे ।

लामो समय देखि खेलकुदमा संलग्न रहेर खेलकुदलाइ नजिक बाट बुझ्नुभएका थापाले भक्तपुरको समग्र खेलाडी र खेललाई नयाँ दिशा तर्फ लाने र राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा योगदान पुर्याउने बिश्वास लिनुभएको छ।

dipak thapa dipak thapa1 1 dipak thapa2

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका