नेकपा एमाले पोखरा ३३ को चुनावी अभियान तिव्र, निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन • Nepal's Trusted Digital Newspaperनेकपा एमाले पोखरा ३३ को चुनावी अभियान तिव्र, निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेकपा एमाले पोखरा ३३ को चुनावी अभियान तिव्र, निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन

नेकपा एमाले पोखरा ३३ को चुनावी अभियान तिव्र, निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन

  • समाचारपाटी
  • आइतवार, बैशाख ११, २०७९
नेकपा एमाले पोखरा ३३ को चुनावी अभियान तिव्र, निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन

पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटी वडा न ३३ को निर्वाचन परिचालन कमिटिको कार्यालय शनिबार उद्घाटन गरिएको छ।
कार्यालयको एमाले कास्की जिल्ला कमिटी सचिवालय सदस्य तथा सो वडाका इन्चार्ज शिव प्रसाद आचार्यले उद्घाटन गर्नुभएकाे हाे । उद्घाटन गर्दै आचार्यले नेकपा एमालेको पकड मानिएको वडा न ३३ को बिरासत जोगाउदै आगामी निर्वाचनमा आफ्ना उम्मेदवार हरुलाइ बिजयी गराउने सशक्त योजना सहित चुनावी अभियान शुरूवात गरिएको बताउनुभयाे।

opaning amale

उक्त वडाका अध्यक्ष समेत रहनुभएका आचार्यले पार्टिको योजना र आफू नेतृत्वको वडाले गरेका कामको चर्चा गर्दै आफुहरु नै जनताका काममा लागि परेका कारण जनताको साथको अगाडि जस्तासुकै महाशक्ति भनिने गठबन्धन आए पनि उनीहरुको केही जोड नचल्ने जिकिर गर्नुभयाे।

जिल्ला कमिटी सदस्य तथा सो वडाका सह  इन्चार्ज किसान सुनारले स्थानिय तहको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न योजनाका साथ लागि पर्न आग्रह गर्दै सधै जस्तै गरि टोल टोलमा ,घर घरमा एमाले रहेको उल्लेख गर्नुभयाे । उहाँले नेकपा एमाले प्रतिको जनलहर देखेर प्रतिस्पर्धि दलहरु अतालिनुले नै आफ्नो पार्टीको बिजय सुनिश्चित भैसकेको दाबी गर्दै बिजयलाई औपचारिक घोषणामा बदल्ने काम मात्रै बाकी रहेको बताउनुभयाे।

कार्यक्रममा प्रेस चौतारी नेपाल केन्द्रिय लेखा आयोग उपाध्यक्ष तथा एमाले गण्डकी प्रदेश प्रचार विभाग सदस्य रामजी प्रसाद लम्साल ,एमाले महानगर कमिटी सदस्य तथा साबिक भरत पोखरी गा वि स अध्यक्ष गोपाल पुन, पार्टिका वडा कमिटी उप  सचिव रमेशराज आचार्य लगाएतले स्थानिय निर्वाचनमा जित्ने सुनिश्चित भैसकेको र सो को तयारी चरणवद्ध अगाडि बढिरहेको बताउनुभयाे। सो पार्टिका वडा कमिटी अध्यक्ष दिपक लामिछानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको उपाध्यक्ष महेश अर्यालले जानकारी दिनुभयाे।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका