देशभर १८ संक्रमित थपिए • Nepal's Trusted Digital Newspaperदेशभर १८ संक्रमित थपिए • Nepal's Trusted Digital Newspaper

देशभर १८ संक्रमित थपिए

  • समाचारपाटी
  • शनिबार, बैशाख १०, २०७९
देशभर १८ संक्रमित थपिए

नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६९१ नमुनाको पीसीआर परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५१ जनाको मृत्यु भएको छ । केही दिनयता कोरोनाका कारण हुने मृतकको संख्या थपिएको छैन ।
पछिल्लो २४ घण्टामा देशभर १७ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६६ हजार ४९८ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २८३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका