चीनमा अमेरिकी नागरिकलाई मृत्युदण्ड • Nepal's Trusted Digital Newspaperचीनमा अमेरिकी नागरिकलाई मृत्युदण्ड • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • चीनमा अमेरिकी नागरिकलाई मृत्युदण्ड

चीनमा अमेरिकी नागरिकलाई मृत्युदण्ड

  • समाचारपाटी
  • शनिबार, बैशाख १०, २०७९
चीनमा अमेरिकी नागरिकलाई मृत्युदण्ड

चीनको एक अदालतले एकजना २१ वर्षिया युवतीको सुनियोजित ढंगले हत्या गरेको अभियोगमा अमेरिकी नागरिक सादिद अब्दुलमाटिनलाई मृत्युदण्डको सजाय सुनाएको छ । चिनियाँ सरकारी सञ्चार माध्यम सीसीटीभीकाअनुसार चेन नामक ती चिनियाँ युवती उनकी प्रेमिका हुन् ।

झेजियाङ प्रान्तस्थित निन्गवो मध्यवर्ती जन अदालतले निर्णय सुनाउने क्रममा भनेको छ, “सन् २०१९ को जुनमा ती दुईबीच ब्रेक –अप भएको र निन्गवोस्थित एउटा बस स्टपमा कुरा गर्न भनी बोलाएर अभियुक्तले चेनको ‘फोल्डिङ नाइफ’बाट हत्या गरेको हो । बदला लिने हिसाबले शरीरका अन्य भागलगायत चेनको अनुहार र घाँटीमा पटक पटक छुरा प्रहार गरेबाटै अभियुक्तको क्रुर र नियोजित मनशाय स्पष्ट देखिन्छ । तसर्थ प्रचलित कानुन बमोजिम नै उनलाई सजाय दिइनुपर्दछ ।”

अमेरिकी विदेश विभागका एकजना अधिकारीले यस घटनाबारे अवलोकन गरिरहेको तर गोपनियताका कारण थप टिप्पणी गर्न नमिल्ने बताएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका