पुम्दीकोटमा जारी महायज्ञमा शुक्रबारसम्म १ करोड २१ लाख ५६ हजार संकलन • Nepal's Trusted Digital Newspaperपुम्दीकोटमा जारी महायज्ञमा शुक्रबारसम्म १ करोड २१ लाख ५६ हजार संकलन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पुम्दीकोटमा जारी महायज्ञमा शुक्रबारसम्म १ करोड २१ लाख ५६ हजार संकलन

पुम्दीकोटमा जारी महायज्ञमा शुक्रबारसम्म १ करोड २१ लाख ५६ हजार संकलन

  • समाचारपाटी
  • शनिबार, बैशाख १०, २०७९
पुम्दीकोटमा जारी महायज्ञमा शुक्रबारसम्म १ करोड २१ लाख ५६ हजार संकलन

पोखरा २२ (पुम्दी–भुम्दी) को पुम्दीकोटमा जारी महायज्ञमा १ करोड २१ लाख ५६ हजार रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्तरगत शुक्रबारसम्म उक्त रकम संकलन भएको महायज्ञका आर्थिक उपसमितिका सह–संयोजक निर्मल बरालले बताउनुभयाे ।

महायज्ञको छैटौं दिन करिब २१ लाख ५६ हजार रुपैया संकलन भएको समितिले जनाएको छ । शुक्रबार महायज्ञमा एक रोपनी १० आना २ पैसा ३ दाम को जग्गा दान भएको छ । उक्त जग्गा दान गर्ने पोखरा २२ ठुलास्वाँरा निवासी मेगनाथ बराल रहेका छन्।

त्यसै गरी महायज्ञमा पुम्दीकोटको होटल डम्बर प्रा.लि.बाट २ लाख ६१ हजार १ सय ११, पुम्दीकोटकै देउराली ग्रुपबाट २ लाख २७ हजार ७ सय ७७, पोखरा ६ बैदाम निवासी जमुना पहारीबाट २ लाख २५ हजार, स्याङजाको आधिखोला ३ स्थित ब्रतराज हरिकला प्रतिष्ठानबाट २ लाख २५ हजार रुपैया प्राप्त भएको समितिले जनाएको छ । त्यस्तै महायज्ञमा पोखरा २२ तल्लागाँउका दील बहादुर भुजेलबाट १ लाख २५ हजार, पोखरा ६ बैदाम निवासी ज्ञानेन्द्र पहारी र इन्दीरा पहारीबाट १ लाख १ हजार १ सय ७ रुपैया प्राप्त भएको भएको सहसंयोजक बरालले बताउनुभयाे ।

त्यस्तै पोखरा विरौटाको संकल्प आमा समुहबाट ४० हजार ८ सय ५, पोखरा १७ को नारायण फर्निचर उद्योगबाट ४० हजार, पोखरा १७ विरौटाको जाग्रिती टोल सुधार समितिबाट ३३ हजार ३ सय ३३, पोखरा १७ को घारीकुलो आमा समुहबाट ३० हजार ५० रुपैयो महायज्ञमा सहयोग प्राप्त भएको समितिले जनाएको छ ।

महायज्ञको छैटौं दिन दिउसो २ः०० बजे नै हावाहुरी सहित परेको पानीले गर्दा महायज्ञ प्रभावित भएको थियो । शनिबार भने सार्वजनिक बिदाको दिन भएकोले महायज्ञमा भक्तजनहरु पोखरा र पोखरा आसपासबाट ठुलो सङख्यामा उपस्थित हुने भएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनुभयाे ।

महायज्ञमा निकै कर्ण प्रिय ढंगबाट भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले कथा वाचन गरीरहनुभएकाे छ। पोखराको पार्दी विरौटा (बराल फिड) देखि पुम्दीकोटसम्म जाने बसको व्यवस्था गरिएको समितिका उपाध्यक्ष हिमलाल बरालले बताउनुभयाे । महायज्ञमा बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म कथा प्रबर्चन, झाँकी प्रर्दशन हुने गरेको उहाँले जनाउनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका