विश्व पृथ्वी दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय हाता भित्र सरसफाई • Nepal's Trusted Digital Newspaperविश्व पृथ्वी दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय हाता भित्र सरसफाई • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • विश्व पृथ्वी दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय हाता भित्र सरसफाई

विश्व पृथ्वी दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय हाता भित्र सरसफाई

  • समाचारपाटी
  • शनिबार, बैशाख १०, २०७९
विश्व पृथ्वी दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय हाता भित्र सरसफाई

त्रिभुवन विश्वविद्यालय वनस्पति शास्त्र केन्द्रीय विभाग मा वनस्पति शास्त्र तथा Biodiversity and Environmental Management तेस्रो सत्रमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा “ईन्भेस्ट ईन आवर प्लानेट” भन्ने मुल नाराको साथ विश्व पृथ्वी दिवस आज मनाईएको छ ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संस्थान अन्तरगतका वनस्पति शास्त्र, वातावरण विज्ञान, भौतिक शास्त्र, रसायन शास्त्र, प्राणीशास्त्र, माइक्रोबायोलोजी, गणित, तथ्याङ्क शास्त्र, भूगर्व विज्ञान, लगायतका संकायहरुको परिसर आसपास रहेका प्लास्टिक, सिसा, कागज र अन्य फोहोर जन्य सामाग्री सङ्कलन गरिएको र आज  विश्व पृथ्वी दिवसका दिन उक्त फोहोर कीर्तिपुर नयाँबजार ढोकासी टोल मा अवस्थित “स्वच्छ वातावरण संरक्षण समिति” मार्फत व्यवस्थापन गरिने BEM तेस्रो सत्रका विद्यार्थी सन्देश घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि वनस्पति शास्त्र केन्द्रीय विभाग प्रमुख प्रा.डा. रामकैलाश प्रसाद यादव, अतिथिहरु क्रमश – BEM संयोजक प्रा.डा. सुरेश कुमार घिमिरे, सहप्राध्यापक डा.नारायण प्रसाद घिमिरे, डा. मुक्तिराम पौडेल लगायतका प्राध्यापकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि डा. यादवले फोहोर गर्ने हामी र फोहोर व्यवस्थापन गर्ने पनि हामी मानवनै हुन्छौ, त्यसैले फोहोर नगर्ने प्रयास गर्नु आजको आवश्यकता भएक‍ो भन्दै अहिले विद्यार्थीहरुले यो त्रिभुवन विश्वविद्यालय भित्र रहेको फोहोर व्यवस्थापनमा जुटेको भन्दै खुसि व्यक्त गर्नुभयो ।

त्यस्तै अतिथि डा. सुरेश कुमार घिमिरेले अहिले विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रम यस अघि नभएको भन्दै, ऐतिहासिक कार्यक्रम गरेकोमा आय‍ोजकलाइ धन्यवाद दिँदै खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा “प्लास्टिक रहित मानव घरको परिकल्पना”, “कुनैपनि प्लास्टिक शानदार छैन”, “प्लास्टिकको प्रयोग बन्द गरौँ”, “प्लास्टिकलाई होइन भन्नु – राम्रो भोलिको लागि एक कदम” जस्ता नारा लेखिएका प्ले-कार्ड प्रदर्शन गरिएको थियो ।

कार्यक्रम बनस्पति विभाग अन्तरगतको बनस्पति विद्यार्थी समाजले सहकार्य गरेको थियो। कार्यक्रम प्रमुख अतिथि र अन्य अतिथिहरुले आसपासका फोहोर टिपेर शुभ-आरम्भ गर्नुभएकाे थियाे । उक्त कार्यक्रममा उल्लेखनीय रुमपा विभिन्न विभाग मा अध्ययन गर्ने विद्यार्थीहरु तथा अध्यापन गराउने प्राध्यापकहरुको सहभागी रहेको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका