भवानी अधिकारी, स्याङ्जा । संघीयतापछि गठन भएको भीरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखका लागि दुई ठूला राजनीतिक दलका २९ जना इच्छुक देखिनुभएकाे छ। नगर प्रमुखमा नेपाली कांग्रेसका १० र नेकपा एमालेका ८ जना आकांक्षी हुनुहुन्छ भने उपप्रमुखमा कांग्रेसका ७ र एमालेका ४ जना इच्छुक हुनुहुन्छ।
नेपाली कांग्रेसतर्फबाट प्रमुखमा हालका प्रमुख छाँयाराम खनाल, तोयनाथ अर्याल, गोबिन्दकुमार कर्माचार्य, यामप्रसाद अधिकारी, दिपेन्द्र केसी, पिताम्बर श्रेष्ठ, भक्तबहादुर केसी, शेषकान्त अर्याल, दिपक रोका र भेषराज अर्याल हुनुहुन्छ। यसैगरी, उपप्रमुखतर्फ हालका उपप्रमुख सीमा केसी, कर्माचार्य, इन्दिरा केसी, सुनिता उचै ठकुरी, बिष्णुमाया काफले, भगवती अर्याल, बिन्दु खड्का र चण्डिका सापकोटा रहेको नगरसभापति लक्ष्मण अधिकारीले जानकारी दिनुभयाे।
नेकपा एमालेका हर्कबहादुर गुरुङ, दुर्गादत्त भुषाल, बाबुराम श्रेष्ठ, चन्द्रबहादुर बस्नेत, सन्तोष केसी, हरि काफले, कमल त्रिपाठी र विश्वनाथ अर्यालले प्रमुख पदमा इच्छा प्रकट गर्नुभएकाे छ। यसैगरी, उपप्रमुखमा सरस्वती अधिकारी, सीता अधिकारी, मिठु अधिकारी र सावित्रा रेग्मी रहेको नेकपा एमाले नगर अध्यक्ष विश्वनाथ अर्यालले जानकारी दिनुभयाे।
दुबै राजनीतिक दल आन्तरिक बैठक बसेर उम्मेदवार टुङ्ग्याउने प्रयासमा छन्। तर, आकांक्षी धेरै भएकाले नगरलाई टुंग्याउन सकस देखिएको छ। आज दिनभरमा उम्मेदवार टुंग्याउनेगरी छलफलमा जुट्ने र त्यो पनि संभव नभए जिल्ला हुँदै प्रदेशमा सिफारिस गरिने कांग्रेस सभापति अधिकारी र एमाले अध्यक्ष अर्यालले बताउनुयाे।