राष्ट्रिय खेलकुद परिषद बोर्ड बैठक आज बस्दै • Nepal's Trusted Digital Newspaperराष्ट्रिय खेलकुद परिषद बोर्ड बैठक आज बस्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राष्ट्रिय खेलकुद परिषद बोर्ड बैठक आज बस्दै

राष्ट्रिय खेलकुद परिषद बोर्ड बैठक आज बस्दै

  • समाचारपाटी
  • शुक्रबार, बैशाख ९, २०७९
राष्ट्रिय खेलकुद परिषद बोर्ड बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को बोर्ड बैठक आज बस्दैछ । नेपाली खेलकुदको नियामक निकाय राखेपको बोर्ड बैठक तीन वर्षपछि पहिलो पटक बस्न लागेको हो । २०७७ असारमा राष्ट्रिय खेलकुद विकास ऐन लागुपछिको यो पहिलो बोर्ड बैठक हुनेछ ।

नयाँ ऐन लागू भएको झण्डै दुई वर्षपछि पहिलो बोर्ड बैठक बोलाउन यही बैशाख सुरुमा राष्ट्रिय खेलकुद परिषदबाट युवा तथा खेलकुद मन्त्रालयमा पत्राचार गरिएको थियो । त्यसै अनुसार आज सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा बोर्ड बैठक बस्न लागेको हो । तर राष्ट्रिय खेलकुद परिषदले उच्च अदालतबाट पुनर्स्थापित राष्ट्रिय खेलकुद परिषदका सदस्यलाई भने सहभागी नगराई बोर्ड बैठक गर्ने भएको छ ।

२०७७ असारमा राष्ट्रिय खेलकुद विकास ऐन लागू भएयता बैठक बस्न नसक्दा राष्ट्रिय खेलकुद परिषद नेतृत्वको आलोचना भइरहेको थियो । तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवाललाई ऐनअनुसार राष्ट्रिय खेलकुद परिषद बोर्ड बैठक नबोलाएको भन्दै सरकारले गत कात्तिक १ गते बर्खास्त गरेको थियो ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका