बिरामी पतिको स्याहार गर्न मन्त्रीद्वारा राजीनामा • Nepal's Trusted Digital Newspaperबिरामी पतिको स्याहार गर्न मन्त्रीद्वारा राजीनामा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बिरामी पतिको स्याहार गर्न मन्त्रीद्वारा राजीनामा

बिरामी पतिको स्याहार गर्न मन्त्रीद्वारा राजीनामा

  • समाचारपाटी
  • शुक्रबार, बैशाख ९, २०७९
बिरामी पतिको स्याहार गर्न मन्त्रीद्वारा राजीनामा

बेल्जियमकी एक मन्त्रीले आफ्नो बिरामी पतिको स्याहार गर्न पदबाट राजीनामा दिने घोषणा गरेकी छन् ।
उप प्रधान एवं विदेश मन्त्री सोफी विल्मेसले मस्तिष्क क्यान्सर पीडित पतिको हेरचाह गर्न केही समयका लागि पदबाट राजीनामा दिने घोषणा गरेकी हुन् ।
प्रधानमन्त्रीसँगको परामर्शपछि बिरामी पतिको स्याहार सुसार गर्न गर्मी यामको अन्त्यसम्म कामबाट छुट्टी लिन लागेको उनले बताइन् ।
त्यसपछिको परिस्थितिबारे पुनः विचार गर्ने उनको परिवारले जनाएको छ ।
प्रधानमन्त्री अलेक्जान्डर डि क्रूले विल्मेसको छनोटले सम्मान भाव देखाउने बताए । क्रूले एक विज्ञप्ति मार्फन् विल्मेसले औपचारिक रूपमा सरकारबाट राजीनामा नदिएको र शाही आदेश जारी गरेर उनको कार्यभार केही समयका लागि अन्य मन्त्रीहरूलाई जिम्मा लगाइने जनाएका छन् ।
सन् २०१९ देखि २०२० सम्म प्रधानमन्त्री रहेकी विल्मेसले सन् २००९ मा अष्ट्रेलियाली नागरिक क्रिस स्टोनसंग विवाह गरेकी हुन् । पूर्व अष्ट्रेलियाली फुटबल खेलाडी स्टोन सन् २०१२ देखि युरोपका लागि अष्ट्रेलियाली व्यापारको बेल्जियन शाखाका उपाध्यक्ष रहेका छन् ।
विल्मेस दम्पतीका तीन छोरी छन् । स्टोनको पहिलो वैवाहिक सम्बन्धबाट एक छोरा छन् । विल्मेसले ट्विटरमा लेखेकी छन्, “अचानक यस्तो रोग हाम्रो जीवनमा भित्रियो । क्रिसले डरलाग्दो क्यान्सरसँग डटेर लड्नुपर्ने अवस्था छ । मन्त्रीको हैसियतले नियमित रूपमा कामका लागि समर्पित भएर धेरै समय दिनुपर्ने हुन्छ । जसले गर्दा मैले क्रिस र मेरा सन्तानलाई यस्तो परिस्थितिमा समय दिन नसक्ने हुन्छ । त्यसैले राजीनामा दिनु परेको हो ।”
केही समयका लागि प्रधानमन्त्री डि क्रू स्वयंले विदेश मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका