विश्वकपका लागि भइरहेका छन् सुपर लिग र लिग टू को खेलहरु • Nepal's Trusted Digital Newspaperविश्वकपका लागि भइरहेका छन् सुपर लिग र लिग टू को खेलहरु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • विश्वकपका लागि भइरहेका छन् सुपर लिग र लिग टू को खेलहरु

विश्वकपका लागि भइरहेका छन् सुपर लिग र लिग टू को खेलहरु

  • समाचारपाटी
  • बिहिबार, बैशाख ८, २०७९
विश्वकपका लागि भइरहेका छन् सुपर लिग र लिग टू को खेलहरु

काठमाडौं । अर्को वर्ष भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटका लागि आधारको रुपमा रहेको सुपर लिग र लिग टू को खेलहरु भइरहेको छ ।

आईसीसीको १२ फुल मेम्बर र एसोसिएट राष्ट्र नेदरल्याण्ड्सित १३ टिमले सुपर लिग खेलिरहेका छन् । त्यसपछि शीर्ष २० वरीयतामा पर्ने बाँकी ७ टिमले भने लिग टू खेलिरहेका छन् । जसमा नेपालसहित ओमान, स्कटल्याण्ड, यूएई, नामिबिया, अमेरिका र पपुवा न्यूगिनी (पीएनजी) छन् ।

सुपर लिगका टिमहरु सिधै विश्वकपमा छनोट हुनका लागि खेलिरहेका छन् भने नेपाललगायत ७ राष्ट्र भने एकदिवसीय विश्वकपको अन्तिम चरणको छनोटमा पुग्नका लागि प्रयासरत छन् ।

नेपाल रहेको लिग टू मा हरेक टिमले ९ श्रृखंला (३६ खेल- १ श्रृखंलामा ४ खेल) खेल्नेछन् । जसमा नेपालले अहिलेसम्म जम्मा ३ वटा श्रृंखला मात्र खेलेको छ र १२ अंक (६ जित, ६ हार) जोडेर छैटौं स्थानमा छ । ३२ खेल खेलिसकेको ओमान ४० अंक जोडेर शीर्ष स्थानमा छ र छनोट हुने संघारमा छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका