काठमाडौं । पछिल्लो समय पुरानो गीतको कभर बनाउने चलन धेरै नै चलिरहेको छ। कभर गीतको मोह अहिले राम्रै चलिरहेको छ । कभर गीतकै क्रममा स्वर सम्राट नारायण गोपालको आवाजमा सजिएको लोकप्रिय गीत ”मलाई माफ गरिदेउ” को कभर गीत सार्वजनिक भएको छ।
लन्डनमा बस्दै आउनुभएका पन्जाबी गायक गेभी सिंहले ”मलाई माफ गरिदेउ” गाउनुभएकाे छ। उक्त गीतको भिडियोलाई एम टि एस प्रोडक्सनले निर्माण गरेकाे छ भने, गीत संसार ब्ल्गको यूट्युब च्यानलबाट रिलिज गरीएको छ। लन्डनमै खिचिएको यो गीतको निर्देशन जि एस जोन्नीले गर्नुभएकाे हाे ।
संसार ब्ल्गको मुख्य उद्देश्य बिदेशी र नेपाली सँस्कृतीलाई समावेश गरि केही गरु भन्ने रहेको छ। त्यसैले संसार संसार ब्ल्गले नेपाली नै बोल्न नजान्ने पन्जाबी गेभी सिंहलाई नेपाली गीत गाउन लगाउनुभएकाे हाे ।
पन्जाबी गायक गेभी सिंहले ”माफ गरिदेउ” लाइ सरल ढंगमा राम्ररी गाउनुभएकाे छ। गीतले अहिले राम्रै प्रतिकृया पाईरहेको छ।
