पोखरा १३ काे वडा सदस्यमा अटेरी उम्मेद्वारी घोषणा • Nepal's Trusted Digital Newspaperपोखरा १३ काे वडा सदस्यमा अटेरी उम्मेद्वारी घोषणा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरा १३ काे वडा सदस्यमा अटेरी उम्मेद्वारी घोषणा

पोखरा १३ काे वडा सदस्यमा अटेरी उम्मेद्वारी घोषणा

  • समाचारपाटी
  • बिहिबार, बैशाख ८, २०७९
पोखरा १३ काे वडा सदस्यमा अटेरी उम्मेद्वारी घोषणा

पोखरा । पोखरा १३ को वडा सदस्य पदका लागि अटेरी (स्वतन्त्र) उम्मेद्वारी घोषणा भएको छ । पोखरा १३ वडा सदस्य पदका लागि सीता परियारले उम्मेद्वारी घोषणा गर्नुभएकाे हाे ।

यसअघि पोखरा १३ वडाध्यक्ष पदका लागि अमृतबहादुर विक, सदस्य पदमा केशबहादुर गुरुङ र सागर बरालले स्वतन्त्र उम्मेद्वारी घोषणा गरि सक्नुभएकाे छ । स्थानीय तहलाई दलीय नबनाऔं भन्ने मुख्य लक्ष्यसहित सुरुआत भएको यो अभियान अहिले देशव्यापी बनेको छ ।

अटेरी अभियानले पोखरा महानगरको पोखरा लक्ष्य २०७९, वडा नम्बर २, २६ र १४ को कार्ययोजना सार्वजनिक गरि सकेको छ । अहिले अभियान चुनाव लक्षित कार्यक्रम र छलफलमा जुटेको अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीले जानकारी दिनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका