सौगातमान सिङ र अनुपविक्रमको नयाँ एड्भेन्चर सो, सहकार्य गर्दै ट्रेकिङ टिम • Nepal's Trusted Digital Newspaperसौगातमान सिङ र अनुपविक्रमको नयाँ एड्भेन्चर सो, सहकार्य गर्दै ट्रेकिङ टिम • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सौगातमान सिङ र अनुपविक्रमको नयाँ एड्भेन्चर सो, सहकार्य गर्दै ट्रेकिङ टिम

सौगातमान सिङ र अनुपविक्रमको नयाँ एड्भेन्चर सो, सहकार्य गर्दै ट्रेकिङ टिम

  • समाचारपाटी
  • बिहिबार, बैशाख ८, २०७९
सौगातमान सिङ र अनुपविक्रमको नयाँ एड्भेन्चर सो, सहकार्य गर्दै ट्रेकिङ टिम

काठमाडौँ । पछिल्लो समय नेपालमा थुप्रै रियालटी शोहरु निर्माण भएका छन् । यस्ता शोका संचालनमा बिभिन्न कलाकर्मी समेत देखिएका छन् । यस्तैमा अभिनेता अनुप बिक्रम शाहीले पनि एक एडभेन्चर शोको होस्ट गर्ने हुनुभएकाे छ ।

उहाँले होस्ट गर्न लागेको शोको निर्देशक सौगातमान सिंह बस्नेत रहनुभएकाे छ । बिभिन्न पर्यटन सम्बन्धि यात्रा गराउने उद्देश्य रहेको शेदेश तथा विदेशमा समेत प्रस्तुत गर्ने उदेश्यले अंग्रेजी र नेपाली दुबै भाषामा निर्माण हुनेछ । शोको पहिलो चरणमा ५ भाग निर्माण हुनेछ ।

यी भागमा ‘आइल्यान्ड पिक’, ‘हुम्ला’, ‘मनाङ एण्ड मुस्ताङ (बाइक राइड)’,‘रोयल ट्रिप वीथ माउन्टेन फ्लाइट’, ‘दुर्गम क्षेत्रको लोकेसन प्रमोट’का बिषय समेटिने शोका निर्देशक सौगातमान सिंह बस्नेतले बताउनुभयाे ।

स्टुडियो कृयो र ब्रान्डल्याण्डसरको सहकार्यमा ट्रेकिङ टिमको प्रस्तुति रहेको शोको नाम छिट्टै एक औपचारीक कार्यक्रम मार्फत गर्ने बताइएको छ । करिब तीन दशकदेखि ट्रेकिङ र प्रर्यटन क्षेत्रमा काम गर्दै आएको ट्रेकिङ टिम कम्पनीले नेपाल, तिब्बत र भुटानमा ट्रेकिङ
, माउन्टेन क्लाम्विङ,मोटरबाइकिङ, माउन्टेन बाइकिङका साथै थ्रुप्रै एडभेन्चर स्पोट्सहरु खेलाउदै आएको ट्रेकिङ टिमका सिइयो प्रवेश देवकोटाले बताउनुभयाे ।

शोका लागि टेलिभिजन समेत फिक्स गर्ने तरखरमा आफु रहेको निर्देशक सौगातले बताउनुभयाे । ‘शोमा थुप्रै पिकहरु चढ्ने र अन्तिम भागमा सगरमाथासम्मको आरोहण गराउने उद्देश्य हाम्रो रहेको छ’ सौगातले थप्नुभयाे ‘इन्टरनेशनल टुरको कल्चर शोको समेत प्लानिङ भइरहेको छ ।’

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका