पोखरा । अलौकिक कवि देशभक्त सिंह कुँवरलाई साहित्यिक राष्ट्रनायक उपाधिबाट सम्मान गरिएको छ । चितवनको ग्राण्ड मल्टि इन्टरटेनमेन्ट हाउस प्रालि, भरतपुरले उहाँलाई एक समारोह आयोजना गरी सो उपाधिबाट सम्मान गरेको हो ।
छोटो बसाइँमै साहित्य र संगीतका सिर्जना जति पनि सिर्जित गर्न सक्ने उहाँको क्षमताको कदर गर्दै उहाँलाई सो उपाधि प्रदान गरिएको आयोजकले जनाएको छ । बहुआयामिक प्रतिभाका धनी कुँवर गायन, संगीत, साहित्य, संचार लगायतका विविध विधामा सक्रिय हुनुहुन्छ ।
मेघा एफएमका प्रबन्ध निर्देशक स्रष्टा कुँवर सम्पदा कला मन्दिर, पोखरा वाङ्मय प्रतिष्ठान, मुमताज मल्टिमिडिया, कुँवर राणा गार्डेन सोसाइटी, सिर्जनशीनल साहित्य परिवारमा हाल अध्यक्ष हुनुहुन्छ । २०४८ सालमा रेडियो नेपालको चौतारी कार्यक्रममा गायन प्रस्तुतसँगै सांगीतिक तथा साहित्यिक क्षेत्रमा हात हाल्नुभएका कुँवरले गिनिज बुक वल्र्ड द रेकर्डमा समेत नाम लेखाउनुभएकाे छ ।
उहाँले साहित्यकार, नायक, गायक, संगीतकार, गीतकार, निर्देशक, मोडल, संचारउद्यमीको परिचय बनाउनुभएकाे छ । कला, साहित्य र संगीत क्षेत्रमा पोखरामा क्रियाशील संघसंस्थाले पोखरा १४ निवासी कुँवरलाई ५ वर्ष अघि अलौकिक कविको उपाधि दिएकाे थियाे ।
उहाँका हालसम्म साहित्यका दर्जनौं कृति प्रकाशनमा छन् भने २ सय ५० गीतमा स्वर तथा संगीत दिनुभएकाे छ । साथै १ सय बढी कृति प्रकाशोन्मुख छन् ।