असुरक्षित वैदेशिक रोजगार , एजेन्टको संलग्नता मा मानव तस्करी बढ्दै • Nepal's Trusted Digital Newspaperअसुरक्षित वैदेशिक रोजगार , एजेन्टको संलग्नता मा मानव तस्करी बढ्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • असुरक्षित वैदेशिक रोजगार , एजेन्टको संलग्नता मा मानव तस्करी बढ्दै

असुरक्षित वैदेशिक रोजगार , एजेन्टको संलग्नता मा मानव तस्करी बढ्दै

वैदेशिक रोजगारी

  • समाचारपाटी
  • बुधबार, बैशाख ७, २०७९
असुरक्षित वैदेशिक रोजगार , एजेन्टको संलग्नता मा मानव तस्करी बढ्दै

काठमान्डाैँ । मुलुकमा रोजगारीको अवसर पर्याप्त सिर्जना नहुँदा नेपाली युवाले वैदेशिक रोजगारीको विकल्प रोज्नुपरेको तथ्यबारे कोही अनभिज्ञ छैन । पछिल्लो जनगणनाको प्रारम्भिक नतिजा अनुसार ५० लाखभन्दा बढी युवा जनशक्ति विदेशिएको तथ्यांकले प्रष्ट पार्छ, रोजगारीका लागि परदेश नै ठूलो गन्तव्य बनेको छ । बर्सेनि ठूलो परिमाणमा भित्रने रेमिट्यान्सले नेपाली अर्थतन्त्रको ठूलो हिस्सा धानेको तथ्यबारे पनि सबै जानकार छौं ।

यति हुँदाहुँदै पनि वैदेशिक रोजगारी अझै पनि सुरक्षित हुन सकेको छैन । विदेश पुगेर डरलाग्दो श्रम क्षेत्रमा काम गर्नुपर्ने बाध्यता भएकाहरुको असुरक्षा एकातिर छ भने रोजगारीस्थलमा पुग्ने बेलासम्ममा ठगीमा पर्ने, लुटिने, मारिने समस्या त कति हो कति छ । यसले वैदेशिक रोजगारीमा देखिएको असुरक्षालाई दर्शाउँछ ।

हामीले सुन्दै–देख्दै आएको एउटा पाटो के हो भने, वैदेशिक रोजगारीका क्रममा जाँदा धेरै ग्रामीण क्षेत्रका युवा ठगिएको पाइन्थ्यो । तर, अहिले दलालहरुको अनेक फन्दामा परेर सहरकै, पर्याप्त सूचना स्रोतमा पहुँच भएकैहरु पनि ठगिएको पाइएको छ । विराटनगर – १८ का ३१ वर्षीय सुरेश यादव एक एकजना त्यस्तै पात्र हुनुहुन्छ, जो दलालको फन्दामा परेर ठगिनुभयाे । आकर्षक तलब र सेवा सुविधाको लोभमा वैदेशिक रोजगार एजेन्टबाट उहाँ ठगिनुभयाे । एक वर्षअघि मासिक १५ सय रियाल पारिश्रमिक आउने भन्दै उहाँलाई एजेन्टले दुबई पठाउने बताएका थिए । उहाँ दुबई पुगेपछि काम पाउनुभएन् । उल्टो सात महिना अनाहकमा बन्धक बन्नुपर्यो ।

विराटनगरका यी तन्नेरी एकजना प्रतिनिधि पात्र हुनुहुन्छ, जो वैदेशिक रोजगारीका क्रममा एजेन्टबाट ठगिनुभयाे । यसरी ठगिनेहरुको सूची लामो छ । अझ महिला कामदारहरु त धेरैले विदेश पुगेर नारकीय जीवन बिताउनु परेको छ । अहिले पनि विदेशमा यातना पाइरहेका, अलपत्र परिरहेका महिलाको संख्या धेरै छ ।

वास्तविकता यस्तो भए पनि सरकार सुरक्षित वैदेशिक रोजगारीका लागि आवश्यक व्यवस्थापन गरेको दाबी गर्न कहिल्यै पछि पर्दैन । तर, अनेकौं बहानामा नेपाली कामदार ठगिने क्रम भने रोकिएको छैन । स्वदेशमा रोजगारीको अवसर पनि सिर्जना नगर्ने, विदेशिने जनशक्तिलाई सुरक्षा पनि प्रदान नगर्ने सरकारी कमजोरी तत्काल अन्त्य हुनुपर्छ । विदेशिने नेपाली कामदार ठगिनेक्रम विमानस्थलबाटै सुरु हुन्छ ।

त्यसअघि म्यानपावर एजेन्टले अनेकौं नाममा पैसा असुलेका हुन्छन् । आकर्षक तलब र सजिलो कामका लागि घरखेत बन्धकी राखेका युवा विदेश पुग्ने बित्तिकै अर्कै काममा खटाइन्छन् । विरानो देशमा प्रतिवाद गर्ने साहस जुटाउन मुश्किल नै हुन्छ । किनभने, विदेश पुग्दैगर्दा ठूलो पैसा लगानी भइसकेको हुन्छ । त्यसबाहेक पारिवारिक गर्जो टार्नुपर्ने बाध्यता पहाड बनेर उपस्थित भइसकेको हुन्छ । यस्तो अवस्थामा सम्झौता गरेर काम गर्नुपर्ने बाध्यता नेपाली कामदारलाई हुन्छ । त्यति गर्दा पनि पूर्वशर्त अनुसारको पारिश्रमिक नेपाली कामदारले नपाउने जोखिम उत्तिकै हुन्छ ।

यसरी पाइलैपिच्छे असुरक्षाको भय साँचेर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता नेपाली कामदारलाई छ । अझ खाडी मुलुकमा रहेका नेपाली दुतावासहरुको निष्क्रियता र अमानवीय व्यवहारबाट पीडित हुनेहरुको संख्या झन् धेरै छ । राज्यको दायित्व विदेशबाट आउने रेमिट्यान्सको हिसाब गर्ने मात्रै होइन । त्यसरी पैसा पठाउने नागरिकको सुरक्षा पनि उसैको जिम्मेवारी हो । ठगिनबाट जोगाउने, विरामी पर्दा उपचारको प्रबन्ध गर्ने र समस्या पर्दा सहयोग गर्ने दायित्वबाट पन्छिन मिल्दैन । साथै कामदार ठग्ने स्वदेशी एजेन्टहरुलाई कारवाहीको दायरामा ल्याउन भएको ढिलाइले पनि ठगहरुको हौसला बढेको छ । उनीहरुलाई दण्डित गरेर सरकारले पीडितलाई न्याय दिन अग्रसरता देखाउनुपर्छ । दुवै बाट कुवेत , ओमन , साउदी अरब , सिरिया , टर्कि लगायतका देशमा जाने गरेका छन । नेपालबाट दुबैको भिजिट भिजामा महिला हरुलाई कामदारको रुपमा लग्ने गरेको छ । नाता प्रमाणित नक्कली , विवाह दर्ता , कहिले पनी नगएको मानिसलाई समेत अगाडिको समयमा विदेश गएको भनेर नक्कली कागजपत्र बनाउने गरेका छन । यसमा नेपालमा ठुला मानव तस्कर हरु संलग्न भएको मान्न सकिन्छ । यसमा अध्यागमन अधिकृत संलग्न रहेको आशंका रहेको छ । सिंगो मेनपावर ब्यावसायलाई घारासायी बनाउनको लागी सिमित ब्याक्तिहरुको चलखेल भै रहेको एक जानकारले बताउनुभयाे । यस तर्फ नेपाल सरकार र अध्यागमन विभाग सर्जक बन्नु पर्ने अवस्था रहेको छ । यसको कारणबाट कर्मचारी र मानव तस्करको संलग्नताको कारणले बैदेशिक रोजगारमा जाने ब्याक्तिहरुलाई समस्या पार्ने कार्य भैरहेको एक जानकार एजेन्टले बताउनुभयाे । नेपालबाट खाडी मुलुकमा रोजगारीका लागी जान बन्देज गरेको भएपनी भिजिट भिजाको प्रयोगबाट महिला तथा पुरुषलाई त्यहाँ लग्ने पाइएको छ । यसबाट नेपाल सरकारलाई ठुलो मात्रामा चुनौती देखा परेको छ । विदेशीभुमीमा काम र रोजगार नपाउदा साथै नेपाल फर्कने पैसा नहुदाँ नेपालीहरु दुख पाइरहेका छन । घरेलु कामदारको रुपमा भिजिट भिसामा गएकाहरु साहुबाट कुटपिट , समयमा तलव नपाउने , पास्पोर्ट साहुले नदिने , कम पारिश्रमिकमा काम गर्नुपर्ने गरेको पाइएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका