पोखरा १४ का अटेरी उम्मेद्वार सुजन कार्कीद्वारा चुनावी कार्ययोजनापत्र सार्वजनिक • Nepal's Trusted Digital Newspaperपोखरा १४ का अटेरी उम्मेद्वार सुजन कार्कीद्वारा चुनावी कार्ययोजनापत्र सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरा १४ का अटेरी उम्मेद्वार सुजन कार्कीद्वारा चुनावी कार्ययोजनापत्र सार्वजनिक

पोखरा १४ का अटेरी उम्मेद्वार सुजन कार्कीद्वारा चुनावी कार्ययोजनापत्र सार्वजनिक

  • समाचारपाटी
  • बुधबार, बैशाख ७, २०७९
पोखरा १४ का अटेरी उम्मेद्वार सुजन कार्कीद्वारा चुनावी कार्ययोजनापत्र सार्वजनिक

पोखरा । पोखरा १४ बाट स्वतन्त्र (अटेरी) उम्मेद्वारी घोषणा गर्नुभएका सुजन काकीले चुनावी कार्ययोजना सार्वजनिक गर्नुभएकाे छ । चुनाव लक्षित घोषणापत्रलाई कार्ययोजना नाम दिएर स्वतन्त्र उम्मेद्वारी दिनेको समुह अटेरी अभियानले पोखरा महानगर र यो सँगै ३ वडामा उम्मेद्वारी घोषणा गरेका उम्मेद्वारले कार्ययोजना सार्वजनिक गरि सकेका छन् ।

कार्ययोजना सार्वजनिकीकरणपछि अटेरी उम्मेद्वारी घोषणा गर्नुभएका सुजन कार्कीले वडा बनाउन केन्द्रित हुने बताउनुभयाे । हालको सरकारलाई राजस्व चुहावट रोक्नपट्टी ध्यानै नभएको उहाँको भनाई छ । वडामा निर्वाचित भएर आई सकेपछि वडामा पूराना सम्पदा संरक्षण गर्नेदेखि पर्यटकीय गतिविधि बढाउन थप संरचना बढाउने उहाँले दाबी गर्नुभयाे ।
यस्तै, अटेरी अभियानका परिकल्पनाकार तथा पोखरा महानगर प्रमुख पदमा अटेरी उम्मेद्वारी घोषणा गर्नुभएका गनेस पौडेलले स्थानीय सरकारले वडा र नगर सुधार्न ध्यानै नदिएको बताउनुभयाे । वडा भित्रका साना बाटोहरु मर्मत गर्न ध्यान नदिँदा नागरिकले सास्ती खेप्नु परेको उहाँको भनाई थियो ।

पोखरा १४ मा नीमार्णाधिन अन्र्तराष्ट्रिय विमानस्थलले पोखराको आर्थिक गतिविधि बढाउने दाबी गरिए पनि वडा नम्बर १४ ले त्यसको कुनै लाभ लिन नपाउने उहाँले बताउनुभयाे । उहाँले दलहरुले आफ्नो विचार बिर्सि सकेकाले सबैलाई अटेर गर्न समेत आह्वान गर्नुभयाे । ‘तपाईंले जिताई रहेको दललाई जिताएर के फरक पाउनु भएको छ रु गरेका त केही पनि होइनन् । अब अटेर गर्नुस्,’ उहाँले भन्नुभयाे ।

पौडेलले अहिले पनि अटेर गर्न छोड्ने हो भने देश अनिश्चयको भुँग्रोमा धकेलिन समेत दाबी गर्नुभयाे । उहाँले चुनावी कार्ययोजना पढेर योजना ठिक लागेर सक्षम उम्मेद्वार पाएको महसुस भए मात्रै भोट दिन अपिल गर्नुभएकाे छ । यद्यपि, चुनावमा एक मत मात्रै प्राप्त गरे पनि देशप्रति सचेत नागरिक आफू एक्लो भएकोमा गर्व महसुस हुने समेत उहाँले सुनाउनुभयाे ।

यस्तै, अटेरीका १४ नम्बर वडा प्रचार प्रसार संयोजक रामबहादुर थापाले अभियानप्रति साथ सहयोग जनाउन सबैलाई अपिल गर्नुभएकाे थियाे । कार्यक्रमको सञ्चालन अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीले गर्नुभएकाे थियाे ।

wada 14 2

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका