गायक विश्राम रायामाझीको स्वर रहेको गीत के छ मसँग’ सार्वजनिक • Nepal's Trusted Digital Newspaperगायक विश्राम रायामाझीको स्वर रहेको गीत के छ मसँग’ सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गायक विश्राम रायामाझीको स्वर रहेको गीत के छ मसँग’ सार्वजनिक

गायक विश्राम रायामाझीको स्वर रहेको गीत के छ मसँग’ सार्वजनिक

  • समाचारपाटी
  • मङ्लबार, बैशाख ६, २०७९
गायक विश्राम रायामाझीको स्वर रहेको गीत के छ मसँग’ सार्वजनिक

काठमाडौँ । गायक विश्राम रायामाझीको स्वर रहेको गीत ‘के छ मसँग’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमका बीच गीत भिडियो सहित सार्वजनिक गरिएको हो । रोमान्टिक शैलीमा तयार गीतमा गायक रायामाझीकै शब्द तथा संगीत छ, भने एरेन्ज मुस्कान
मुकारुङको रहेको छ ।

गीतको भिडियो किरण क्रियसनले निर्माण गरेको छ । जसमा अमृत गुरुङ र नग्मा श्रेष्ठको अभिनय देख्न सकिन्छ । एक जोडी प्रेमीप्रेमीकाको कथा बुनिएको भिडियो टेकेन्द्र शाहले निर्देशन गर्नुभएकाे हाे ।

अमृत शाही ठकुरीको कोरियोग्राफी, अजय रेग्मीको छायांकन रहेको भिडियोको सम्पादन निर्देशक टेकेन्द्र शाह आफैले गर्नुभएकाे छ ।
कार्यक्रममा गायक दिनेश बान्तवा, गीतकार विपिन किरण लगायतले गीतको सफलताका लागि शुभकामना दिनुभएकाे थियाे।

गीतको शब्द, संगीत, स्वरका अलवा भिडियोमा पनि धेरै मिहिनेतका साथ तयार गरिएकोले गीत र भिडियो दुबै श्रोता तथा दर्शकले रुचाउने विश्वास आफुले लिएको गायक विश्राम रायमाझीले बताउनुभयाे ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका