पूजा र आकाश अभिनीत फिल्म ‘सम्झना बिर्सना’ को ट्रेलर सार्वजनीक • Nepal's Trusted Digital Newspaperपूजा र आकाश अभिनीत फिल्म ‘सम्झना बिर्सना’ को ट्रेलर सार्वजनीक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पूजा र आकाश अभिनीत फिल्म ‘सम्झना बिर्सना’ को ट्रेलर सार्वजनीक

पूजा र आकाश अभिनीत फिल्म ‘सम्झना बिर्सना’ को ट्रेलर सार्वजनीक

  • समाचारपाटी
  • मङ्लबार, बैशाख ६, २०७९
पूजा र आकाश अभिनीत फिल्म ‘सम्झना बिर्सना’ को ट्रेलर सार्वजनीक

काठमाडौं। पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत फिल्म ‘सम्झना–बिर्सना’ को ट्रेलर सोमबार सार्वजनीक गरिएको छ । बुढासुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याइएको तीन मिनेट लामो ट्रेलरमा कमेडी,लभ,रोमान्स,सेन्टिमेन्टस् तथा सस्पेन्सको समीश्रण देखिन्छ ।
निमेष प्रधान निर्देशीत फिल्मलाई अद्वितिय प्रधान र रेविका प्रधानले निर्माण गर्नुभएकाे हाे ।

जेठ ६ गते प्रदर्शन हुने फिल्ममा पूजा र आकाशका साथमा सुनील थापा, छुल्ठिम गुरुङ, शिसिर राणालगायतका कलाकारले अभिनय गर्नुभए काे छ । दार्जिलिङ, सिल्गुडी तथा सिक्कीमका बिभिन्न रमणीय स्थानमा खिचिएको फिल्मको कथा र पटकथा निर्देशक निमेषकै हो भने संवाद लेखनमा उहाँलाई शिसिर राणाले सघाउनुभएकाे छ ।

दर्शकहरुले औधि मन पराएको पूजा र आकाशको जोडीलाई दर्शकले एउटै फिल्ममा हेर्न नपाएको धेरै भएको छ । अधिकांश दर्शकले उहाँहरुलाई सँगै भएको हेर्न चाहेका छन् । सोही सन्दर्भमा केही दिनअघि सार्वजनीक यो फिल्मको ‘परेलीमा’ बोलको गीतले पनि दर्शक स्रोताको मन जितिरहेको छ । ट्रेलरले त फ्यानहरुमा अझै खुशीयाली ल्याउने बिश्वास निर्माण पक्षको छ । पछिल्लो समय उहाँहरु बीच सम्बन्ध चिसिएको हल्ला चलीरहेको छ । ट्रेलरमा पनि पूजा र आकाशबीचको सम्बन्धमा असमझदारी भएको झलक देखाइएको छ,जुन कुरा उहाँहरुको वास्तविक जीवनसँग मेल खान गएको छ । तर,कतिपयले भने ‘सम्झना–बिर्सना’ ले यी दुईको पुनः मिलाप गराउने अनुमान समेत गर्नुभएकाे छ ।

आदित्य फिल्म्स्को प्रस्तुति रहेको ‘सम्झना बिर्सना’ शिब ढकालले खिच्नुभएकाे हाे भने सम्पादन तारा थापा ‘किम्भे’ ले गर्नुभएकाे छ । फिल्मका
गीतमा राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । कमल राईको कोरियोग्राफी रहेको फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका