प्रमोद खरेलको गीतमा रोहित र एन्जिला (भिडियो) • Nepal's Trusted Digital Newspaperप्रमोद खरेलको गीतमा रोहित र एन्जिला (भिडियो) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रमोद खरेलको गीतमा रोहित र एन्जिला (भिडियो)

प्रमोद खरेलको गीतमा रोहित र एन्जिला (भिडियो)

  • समाचारपाटी
  • मङ्लबार, बैशाख ६, २०७९
प्रमोद खरेलको गीतमा रोहित र एन्जिला (भिडियो)

मोडलिङको क्षेत्रमा आफूलाई स्थापित गरेको नाम हो, रोहित बस्नेत । करिअरको छोटो अवधिमा सफल म्यूजिक भिडियोमा काम गरिसक्नुभएका उहाँको चकलेटी लुक्सको मोडलिङ क्षेत्रमा राम्रै चर्चा हुने गरेको छ । म्यूजिक भिडियोबाट बटुलेको अनुभवलाई सर्टिफिकेट मानेर उहाँ चलचित्रमा समेत प्रवेश गर्ने तयारीमा हुनुहुन्छ ।  रोहितले अभिनय गरेको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित गायक प्रमोद खरेलको आवाजमा रहेको ‘चुपचाप मन पराएँ’ बोलको गीतमा रोहित र एन्जिला अभिनय देख्न सकिन्छ । भिडियोमा उहाँहरुको केमेस्ट्री सुहाएको देखिन्छ । गाउँको एक घनाड्य परिवारको घरमा काम गर्ने कामदार (रोहित) र घर धनीकी छोरी (एन्जिला) बीचको प्रेमलाई गीतमा बुनिएको छ । फिल्मी शैलीमा तयार पारिएको गीतको भिडियो सुन्दर बनेको छ ।

प्रमोद भट्टराई ‘प्रतिक’को शब्द रचना रहेको गीतमा कृति न्यौपानेको संगीत छ । ओम प्रकाश अवस्थीको निर्देशन र कथा रहेको गीतको भिडियोलाई मेघराज मघरातीले खिच्नुभएकाे हाे । मोडल रोहित बस्नेतले गीतको भिडियोमा बुनिएको कथा धेरै युगल जोडीको वास्तविक कथासँग मेल खाने बताउनुभयाे । उहाँ यो भिडियो आफ्नो करिअरका लागि कोशेढुंगा सावित हुनेमा विश्वस्त देखिनुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका