भानुभक्त बाङमय प्रतिष्ठानमा सरुभक्तकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन • Nepal's Trusted Digital Newspaperभानुभक्त बाङमय प्रतिष्ठानमा सरुभक्तकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • भानुभक्त बाङमय प्रतिष्ठानमा सरुभक्तकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन

भानुभक्त बाङमय प्रतिष्ठानमा सरुभक्तकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन

  • समाचारपाटी
  • मङ्लबार, बैशाख ६, २०७९
भानुभक्त बाङमय प्रतिष्ठानमा सरुभक्तकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पोखरा । भानुभक्त बाङमय प्रतिष्ठानको साधारण सभा आईतबार पोखरामा सम्पन्न भएको छ । उक्त साधारण सभाले सरुभक्त श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा हनिफ मिया, सचिवमा अम्बिका प्रसाद भटराई र कोषाध्यक्षमा पद्मराज ढकाल निर्बिरोध चयन हुनुभएकाे छ ।

समितिले हरिदेवी कोईराला,डा तुल्सी प्रवास खनाल,डा बाबुराम अधिकारी, पदमराज घिमिरे, धर्मराज अल्पायु, प्रदिप पौडेल, मिठु गुरुङ, शिवबहादुर थापा र बलराम पोखरेललाई कार्यसमितिको सदस्यमा निर्बिरोध चयन गरेको छ ।

यसअघि साधारण सभाको अध्यक्षताको शुभकामना मन्त्यव्य दिदै सरुभक्त श्रेष्ठले २०७१ सालमा संस्था गठन भए लगत्तै यसले महत्वपुर्ण कामहरु सम्पन्न गरेको बताउनुभयाे । उहाँले पोखरा ११ स्थित फुलबारीमा पुर्णकदको शालिक निर्माण गर्ने काम गरेको बताउदै यसकाममा सहयोग पुर्याउने सबैलाई धन्यबाद दिनुभएकाे थियाे ।

कार्यक्रम सरुभक्त श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कोषाध्यक्ष पदमराज ढकालले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएकाे थियाे । कार्यक्रममा उपाध्यक्ष हनिफ मियाले स्वागत गर्नुभएकाे थियाे  भने, सचिव अम्बिका प्रसाद भटराईले कार्यक्रम संचालन गर्नुभएकाे थियाे ।

12 1

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका