पोखरा २६ का अटेरी उम्मेद्वारको कार्ययोजना सार्वजनिक • Nepal's Trusted Digital Newspaperपोखरा २६ का अटेरी उम्मेद्वारको कार्ययोजना सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरा २६ का अटेरी उम्मेद्वारको कार्ययोजना सार्वजनिक

पोखरा २६ का अटेरी उम्मेद्वारको कार्ययोजना सार्वजनिक

  • समाचारपाटी
  • मङ्लबार, बैशाख ६, २०७९
पोखरा २६ का अटेरी उम्मेद्वारको कार्ययोजना सार्वजनिक

पोखरा । पोखरा महानगरपालिका वडा २६ का अटेरी उम्मेद्वारले कार्ययोजना (घोषणापत्र) सार्वजनिक गर्नुभएकाे छ । स्थानीय तह दलीय नबनाऔं भन्ने उद्घोष सहित पोखराबाट सुरु भएको यो अभियानमा अहिले देशैभर अभियानकर्ताहरु जोडिनुभएकाे छ ।

यसअघि पोखरा महानगरबाट अटेरी उम्मेद्वारी घोषणा गरेर अभियानको सुरुआत गर्नुभएका गनेस पौडेलले पोखरा लक्ष्य २०७९ नाम दिएर घोषणापत्र सार्वजनिक गरि सक्नुभएकाे छ । वडा नम्बर ३ पछि वडा नम्बर २६ का अटेरी उम्मेद्वारले कार्ययोजना पत्र सार्वजनिक गर्नुभएकाे हाे ।

कार्ययोजना पत्र सार्वजनिकीकरण कार्यक्रमपछि वडाको विकासका लागि दिलोज्यान दिएर लाग्ने वडाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्नुभएका नविन ढुंगानाले बताउनुभयाे । उहाँले कार्ययोजना पत्रमा सार्वजनिक भए अनुसार योजना पूरा गर्न बफादार भएर लाग्ने बताउनुभयाे ।

अभियानका परिकल्पनाकार तथा पोखरा महानगरका प्रमुख पदमा उम्मेद्वारी दिनुभएका गनेस पौडेलले अहिलेका राजनीतिक दलले व्यवस्था मात्रै फेरेको अवस्था फेर्न नसकेको बताउनुभयाे । राजनीतिक दलले देखिने गरि मात्रै केही विकास भए पनि महसुस गर्ने गरि विकास गर्न नसकेको बताउनुभयाे ।

हाल कुनै पनि दलमा संलग्न नभए सबै खाले अवसरबाट बञ्चित हुनुपर्ने बाध्यता रहेको बताउनुभयाे । कार्यक्रममा अभियानकी महिला परिचालन संयोजक युनिका ढकालले स्वागत मन्तव्य राख्नुभएकाे थियाे भने निर्वाचन अभियान संयोजक हरि कार्कीले कार्यक्रमको सञ्चालन गर्नुभएकाे थियाे । कार्यक्रममा सहभागीसँग अभियान्ताहरुले प्रश्नोत्तर समेत गरेका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका