दुई वर्षबाट भारतले किन सेना थपेको छैन ? • Nepal's Trusted Digital Newspaperदुई वर्षबाट भारतले किन सेना थपेको छैन ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • दुई वर्षबाट भारतले किन सेना थपेको छैन ?

दुई वर्षबाट भारतले किन सेना थपेको छैन ?

  • समाचारपाटी
  • सोमवार, बैशाख ५, २०७९
दुई वर्षबाट भारतले किन सेना थपेको छैन ?

 

गत हप्ता एक २३ वर्षीय पुरुष आफ्नो घर राजस्थानबाट ५० घण्टा दौडिएर दिल्लीमा भइरहेको एक प्रदर्शनमा सहभागी भए । यसमा प्रदर्शनकारीहरुले भारत सरकारसँग सेना भर्तीको प्रक्रिया पुनः निरन्तर गराउन माग गरिरहेका थिए ।

सुरेश बिचार राष्ट्रिय झण्डा बोकेर ३५० किलोमिटर दौडिएका हुन् जो सानैदेखि आर्मीमा भर्ती हुन प्रेरित रहेको बताउँछन् । तर पछिल्लो दुई वर्षदेखि भारत सरकारले नयाँ सेना भर्ती नखुलाउँदा उनी जस्ता महत्वाकांक्षी युवाहरु उमेर कट्ने डरमा छन् । भारतमा अधिकतम २१ वर्षसम्म मात्र सेनामा भर्ती हुन पाइन्छ ।

१४ लाख बढी कार्यरत् रहेको भारतीय सेना बलललाई विश्वकै शिर्ष रोजगारदाता पनि मानिन्छ । धेरे युवाहरुका लागि आर्मीमा भर्ती हुनु सबैभन्दा प्रतिष्ठित र सुरक्षित पेशा हो । हरेक वर्ष झन्डै ६० हजार सेना रिटिायर हुने गरेका छन् तर उनीहरुको ठाउँ लिन एकदम कम नयाँ भर्ती लिने गरिएको छ । त्यसमाथि पछिल्लो दुई वर्ष त कोरोना महामारीका कारण यो प्रक्रिया नै पूर्ण अवरुद्ध भइरहेको बताइएको छ ।

तर सेना भर्ती रोकाइनु पछाडिको यो साँचो कारण नभएको विज्ञहरुको दाबी छ । उनीहरुका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले सेना घटाउने विभिन्न उपाय खोजिरहेका छन् । किनकी सेनाहरुको बढ्दो पाश्रिमिक र पेन्सनको ‘बील’ ले भारतको ७० अर्ब डलरको राष्ट्रिय बजेटको आधा भन्दा बढी हिस्सा लिइरहेको छ । यसले सरकारलाई सेनाको आधुनिकीकरण गर्न र अभाव भएका नयाँ उपकरणहरु दिलाउन एकदम थोरै पैसा मात्र बाँकी पार्ने गरेको छ ।

सेनामा विश्वकै सबैभन्दा धेरै खर्च गर्नेमा भारत अहिले नै तेस्रोमा पर्दछ । यसबाहेक चीन र अमेरिकाले मात्र अधिकतम हतियार निर्यात गर्ने गरेका छन् । तर हाल मोदी सरकारले पनि प्रतिरक्षात्मक हतियारको स्वदेशी निर्माणलाई बढावा दिन अरबौँ खर्च गरिरहेको पाइएको छ । यससँगै भारतसँग परमाणु वारहेड र ब्यालिस्टिक मिसाइलको पनि पर्याप्त स्टक छ ।

रक्षा विभागको श्रोतलाई उदृत गर्दै सार्वजानिक गरिएको एक रिपोर्टमा सरकारले निश्चित अवधिसम्म मात्र सेना भर्ती गर्ने प्रस्तावबारे छलफल गरिरहेको बताइएको छ । यसलाई ‘तीन वर्षे ड्युटी’ को नाम दिइएको छ ।

मोदी आफैँले यो सुधारबारे वकालत गरेका छन् । विगतमा पनि उनले मानवीय वीरता मात्र नभएर फुर्तिलो, सजिलै यताउती गराउन सक्ने समुह र प्रविधिमा अब्बल किसिमको सैन्य सुरक्ष बल आवश्यक रहेको बताएका थिए । अबका युद्धहरुमा लामो लडाईँको लक्जरी नहुने हुँदा भारतलाई तिव्र रुपमा लडाईँ जित्ने क्षमतायुक्त सेना चाहिएको उनले बताएका हुन् ।

यससँगै सेनाको आकार घटाउनु पछाडिको अर्को महत्वपूर्ण तर्क, एक अत्यन्तै प्रतिष्ठित रिटायर अफिसरबाट पनि सुरु भएको थियो । आफ्नो हालैको बयानमा लेफ्टिनेन्ट एचएस पनागले १ लाख सेनाको वर्तमान अभाव वास्तवमा नयाँ सुधार ल्याउने राम्रो अवसर भएको बताएका छन् ।

उनले भनेका हुन्, “२१ औँ शताब्दीका लडाईँमा अत्याधुनिक सैन्य प्रविधिद्वारा नेतृत्व सशस्त्र बलहरु माफर्त द्रुत प्रतिक्रिया आवश्यक पर्नेछ । यसकारण पनि कि अहिलेको सन्दर्भमा आणविक हतियारहरुले ठूलो स्तरमा परम्परागत हतियारहरुलाई रोक्न र नष्ट गर्न सक्छन् । ”

उनका अनुसार भारतको विशाल सेना अझैसम्म पनि कम गुणस्तरलाई ठूलो सङ्ख्याले भर्पाइ गर्न बाध्य अवस्थामा छ । तर विकासोन्मुख अर्थतन्त्रका रुपमा भारतको सुरक्षा खर्च रातारात वृद्धि गर्न सकिँदैन । त्यसैले यसका लागि बिस्तारै सेनाको आकार घटाउँदै जानुपर्ने हुन्छ ।

अर्का पूर्व अफिसर अजय शुक्लाले भने, “हाम्रो आर्मीसँग थोरै सङ्ख्याले पनि धेरै उपलब्धी हासिल गर्ने क्षमता छ । त्यसैले हामीले सङ्ख्या कटौति गरेर गुणस्तर बढाउनेतर्फ लाग्नैपर्छ । ”

जस्तै यसमा उदाहरणका लागि चीनले आफ्नो सैन्य बजेटको एक तिहाइ भन्दा थोरै रकम मात्र सेनाका अधिकारीहरुमा खर्च गर्ने गरेको छ उता भारतले चाहिँ चीन भन्दा ६० प्रतिशत बढी सेनाको पारिश्रमिक लगायतमा खर्च गर्ने गरेको प्रोफेसर लक्समन कुमार बेहरा बताउँछन् । त्यसैले चीन भन्दा अगाडि आउने एउटा तरिका भनेको सुरक्षा बललाई प्रविधिबाट प्रेरित आधुनिकीकरणमा केन्द्रित गराउनु हो र यस्तो सम्भव गराउनका लागि सेनाको आकार घटाउनैपर्ने हुन्छ ।

तर यी सबै तर्कका बावजुद धेरैले सैन्य बललाई सानो पार्ने यो सहि समय नभएकाबारे चिन्ता जनाइरहेका छन् । किनकी सिमाना क्षेत्रमा आणविक हतियारयुक्त शत्रु पाकिस्तान र चीनसँग बारम्बार विवाद र तनाव चलिरहनुको अर्थ भारतलाई लडाईँका लागि तयार अवस्थामा पर्याप्त सेना चाहिनेछ ।

अहिले पनि चीनसँगको सिमानामा भारतले दशौँ हजार सेना खटाएको छ । त्यस्तै भारतद्वारा सञ्चालन कश्मिर क्षेत्रमा पनि पाँच लाख बढी सेना तैनाथ छन् । उता सिमा पारीबाट आतङ्की हमलाको खतरा पनि उत्तिकै छ ।

यसकारण तत्कालका लागि तनावग्रस्त सिमानाका बीच सेना भर्तीमा रोक लगाउनु राम्रो रणनीति नभएको विज्ञहरुको भनाइ छ ।
सेन्टर फर पोलिसी रिसर्च थिंकट्यांकका वरिष्ठ अधिकारी सुसान्त शिंह भन्छन्, “हिंसा, अपराध र बेरोजगारीको स्तर पहिले नै उच्च रहेका बेला के हामीले वास्तवमै सेनाका योग्य प्रशिक्षण प्राप्त मानिसहरुलाई किनारा लगाउन सक्छौँ ? मेरो सबैभन्दा ठूलो चिन्ता भनेको यसो गरेर सरकारले उल्टै प्रशिक्षण प्राप्त बेरोजगारहरुको हुल सिर्जना गरिरहेको छ । ”

उनले थप भने, “अनि यसले वर्षौँसम्म पूर्ती नहुने खाली ठाउँको कसरी भर्पाइ गर्नेछ ? हामीले नयाँ अस्थायी भर्तीहरुलाई कतिसम्म छिटो तालिम दिन सक्छौँ ? भर्ना पुनः सुचारु गर्न माग गर्दै सार्वजानिक विरोध हुँदा अपरिहार्य रुपमा यसले पुर्याउने राजनीतिक धक्काबारे पनि विचार गर्नुपर्ने हुन्छ । अर्को सबैभन्दा महत्वपूर्ण कुरा भनेको कुन भूमिकामा कार्यरत सैन्य टोलीमा कटौति गर्ने, हवाइ कि, रक्षा विभागका बन्दुक चलाउने सिपाही या रासनको हेरचाह गर्ने सेना ?

त्यसैले पनि सार्वजानिक गरिएका कुनै रणनीति या योजनाले यी सबै मुद्दालाई गम्भीरतापूर्वक लिएजस्तो देखिँदैन । यो गुपछुप लागू गर्न खोजिएको नीति हो ।”

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका