खाएको कुरा नपचेर हैरान हुनुभएको छ ? घरमै छन् यस्ता उपाय ! • Nepal's Trusted Digital Newspaperखाएको कुरा नपचेर हैरान हुनुभएको छ ? घरमै छन् यस्ता उपाय ! • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • खाएको कुरा नपचेर हैरान हुनुभएको छ ? घरमै छन् यस्ता उपाय !

खाएको कुरा नपचेर हैरान हुनुभएको छ ? घरमै छन् यस्ता उपाय !

  • समाचारपाटी
  • सोमवार, बैशाख ५, २०७९
खाएको कुरा नपचेर हैरान हुनुभएको छ ?  घरमै छन् यस्ता उपाय !

अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने गर्नुस्।

– पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ।

– मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा खाने गर्नाले अपचको समस्या क्रमशः कम हुँदै जान्छ।

– खाना राम्रोसँग पच्दैन भने खाँदाखेरि धेरै चपाएर खाँदा पाचन राम्रो हुन्छ।

– पाचन बलियो नहुनुको मतलब तपाईंको कलेजो त्यति स्वस्थ छैन। त्यसैले मजिराजन्य पदार्थ छुँदै नछुनुस्। पाचन प्रणालीका लागि यो विषतुल्य हुन्छ। गाँजर, चुकन्दर, सागसब्जी र फलफूलजस्ता कलेजोलाई स्वस्थ बनाउने खाना हरेक दिने खाने बानी बसाल्नुपर्छ।

– पाचनशक्ति कमजोर हुनेहरूको शरीरमा पानीको मात्रा कम हुन्छ। यसले पाचनक्रियालाई समेत असर गर्ने भएकाले पानी प्रशस्त पिउने गर्नुपर्छ।

– बढी तनाव लिनुभयो भने पनि पेट ढुस्स फुल्ने, खाएको नपच्ने आदि हुन्छ। तनावले मन र दिमागलाई मात्र होइन, पाचनलगायत शरीरका समग्र प्रणालीलाई नै असर गरिरहेको हुन्छ। त्यसैले तनाव कम गर्न योग, प्राणायाम, ध्यान आदि गर्ने बानी बसाल्नुपर्छ।

– आयुर्वेद चिकित्सकको सल्लाहमा घ्यूकुमारीको जुस खाने गर्नुहोस्।

– अमला खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका