दर्शक तान्ने चाबी बलिउडले कसरी पत्ता लगायो ? • Nepal's Trusted Digital Newspaperदर्शक तान्ने चाबी बलिउडले कसरी पत्ता लगायो ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • दर्शक तान्ने चाबी बलिउडले कसरी पत्ता लगायो ?

दर्शक तान्ने चाबी बलिउडले कसरी पत्ता लगायो ?

  • समाचारपाटी
  • सोमवार, बैशाख ५, २०७९
दर्शक तान्ने चाबी बलिउडले कसरी पत्ता लगायो ?

एकातिर ‘ओभर द टप’ (ओटीटी) प्लेटफर्मको आक्रमण अर्कोतिर कोरोनाको महामारीको मारले दर्शकहरूलाई हलसम्म ल्याउन बलिउडसमक्ष ठुलो चुनौती आयो । जसले गर्दा चलचित्र निर्माताहरूलाई गहिरो चिन्तामा परे ।

दर्शकलाई हत्केलामा नै सीमित भइसकेको मनोरञ्जनको संसारबाट बाहिर निकालेर फेरि हलसम्म तान्नु त्यति सजिलो छैन । यसका लागि केही ‘जादु’ नै चाहिन्छ भन्ने यथार्थ चलचित्र निर्माताहरूले बुझिसकेका छन् ।

त्यो ‘जादु’ भनेको ‘लार्जर देन लाइफ’ अर्थात भव्य फिल्महरू नै हुन् । जुन बलिउड फिल्म मेकरहरूले बुझिसकेका छन् ।
पछिल्लोपटक रिलिज भएको एसएस राजामौलीको ‘आरआरआर’ले पनि अब दर्शकलाई हलसम्म तान्न भव्य चलचित्र निर्माण गर्नुपर्ने स्पष्ट पारिसकेको छ । जसका लागि दर्शकहरू चलचित्र हलमै गएर ठुलो पर्दामा नै हेर्नुपर्छ भन्ने सोच्छन् ।

यसअर्थमा अहिलेको माग भनेको ठुलो बजेट, ठुलो स्टार, ठुलो स्केल र भव्यता नै हो ।
बलिउडले महँगो टिकट काटेर हलसम्म जानेहरूले भव्य मनोरञ्जन पाएनन् भने उनीहरू ओटीटीको ‘मायाजाल’बाट बाहिर आउने छैनन् भन्ने बुझिसकेको छ ।

तर यसको मतलब बलिउडकर्मीहरूले भव्य चलचित्र अहिलेसम्म बनाएका छैनन् भन्ने चाहिँ होइन । फरक–फरक समयमा भव्यताको उदाहरण पनि फरक–फरक भयो । ७० र ८० दशकतिर मल्टिस्टारर चलचित्रहरू धेरै निर्माण हुन्थे र चल्थे पनि ।

९० दशकपछि भने त्यसमा कमी आउन थाल्यो । एक समयमा आएर यस्ता चलचित्रहरू औंँलामा गन्न सकिने भए । यशराज, करण जौहर, सञ्जय लीला भञ्साली र साजिद नाडियाडवाला जस्ता फिल्ममेकरले लगातार ठुला बजेट र ठुलो स्केलका चलचित्रहरू बनाएर दर्शकलाई हलसम्म तान्ने क्रमलाई जारी राखे ।

यद्यपि, पछिल्ला केही वर्षयता राजामौलीको ‘बाहुबली’ (१ र २ दुवै) मात्र त्यस्तो चलचित्र बन्यो जसलाई हरेकपटक हेर्न दर्शक हलसम्म नै पुगे । यता सूर्यवंशी, पुष्पा, गंगुबाई काठियावाडी र आरआरआर हेर्ने दर्शकले हलहरू भरिए । यो उपलब्धिको कारण भनेको उनीहरूको सिनेमा मेकिङ केही भव्य गर्ने सोच नै हो ।

एक समय त अब डिजिटल प्लेटफर्मका कारण ठुलो पर्दाको चार्म सकिन्छ भन्ने चर्चा नै चल्यो । चर्चित ट्रेड एक्सपर्ट तरण आदर्श भन्छन्, “एक समय थियो, जब मानिसहरू ओटीटीका कारण ठुलो पर्दाको चमक सकिन्छ भनेर भनिरहेका थिए । तर पुष्पा, गंगुबाई काठियावाडी, आरआरआर र कश्मीर फाइल्स जस्ता चलचित्रको कमाइले ठुलो पर्दाको जादु समाप्त भइसकेको छैन जस्तो महसुस हुन्छ ।”

उनकाअनुसार ठुलो पर्दा भनेकै ठुलो (भव्य) चलचित्र हो । त्यसैले टिकटको मूल्य महँगो भएजस्तै दर्शकलाई भव्य मनोरञ्जन पनि चाहिएको छ ।

ओटीटी (डिजिटल प्लेटफर्म) तपाईं हाम्रो घरघरमा छ । जहाँ तपाईंले चाहेको समयमा यसमा चलचित्रहरू हेर्न सक्नुहुन्छ । तर ठुलो (भव्य) चलचित्रको मजा भनेको ठुलो पर्दामा मात्रै आउने उनी बताउँछन् ।

आरआरआरले अब आउने चलचित्रहरूलाई एउटा बेन्चमार्क सेट गरिदिएको छ, अब दर्शकले महँगो टिकटअनुसार नै चलचित्रलाई तराजुमा तौल गर्नेछन् ।

त्यसैले अब बलिउड निर्माताहरूले भव्य मनोरञ्जन र ठुलो स्केलका चलचित्र बनाउनैपर्ने बाध्यता छ ।

रणवीर कपूर र आलिया भट्टको ‘ब्रम्हास्त्र’ प्रभाश र सेफको ‘आदिपुरुष’, यशको ‘केजीएफः च्याप्टर २’, अजय देवगन र अमिताभ बच्चनको ‘रनवे ३४’, रणवीरको ‘शमशेरा’, टाइगर श्राफको ‘हिरोपन्ती २’, शाहरूख खानको ‘पठान’, अक्षय कुमारको ‘पृथ्वीराज’ जस्ता केही चलचित्रले दर्शकलाई हलसम्म तान्ने सम्भावना देखिन्छ । किनभने यी चलचित्रहरू ‘लार्जर देन लाइफ’ बनाउने प्रयास गरिएको छ ।

हालै आरआरआरको उत्तर भारतमा पाएको सफलतापछि सलमानले पनि ‘लार्जर देन लाइफ’लाई आत्सात गर्नुपर्ने बताएका थिए । “हाम्रो चलचित्रहरू साउथको जस्तो नचल्नुको एउटा कारण भनेको उनीहरू ‘हिरोगिरी’लाई बढावा दिन्छन् । केही व्यक्तिहरूलाई भारतमा भनेको कफ परेड र अन्धेरीमा भएको मात्रै हो, बाहिर निस्केर त हेर्नुहोस् ।”

बलिउडमा एक समय चलचित्र ‘स्टार भ्यालू’ले मात्रै चल्छ भन्ने गलत बुझाइ थियो । शाहरूखदेखि अक्षयसम्म सबैले यसको असर भोगिसकेका छन् ।

कोरोना युगको सुरुका केही वर्षमा साना सहरका सन्देशमा आधारित कथाहरू हाबी थिए । तर त्यो विधा फरक छ र हललाई हाउसफुल गर्न त्यतिले पुग्दैन ।

निर्देशक सञ्जय पूरन सिंहकाअनुसार दर्शकले निर्णय लिइसकेका छन् कि ओटीटी र सानो स्क्रिनमा लिन नपाइने भव्य मजा लिन मात्रै हलसम्म जानेछन् ।

“कुनै जमाना थियो, हाम्रो यहाँ मल्टिस्टारर ठुला–ठुला चलचित्रहरू बन्थे । हामी प्रतीक्षामा बस्थ्यौँ र हलसम्म गएर हेर्थौं । दक्षिण त यो दिशामा पहिला नै अघि बढिसकेको थियो । प्रत्येक महिना वा डेढ महिनाको अन्तरालमा उनीहरूसँग प्यान–इन्डिया चलचित्रहरू छन् । यस्तोमा बलिउडलाई कम्मर कस्न जरुरी भैसकेको छ । यो ट्रेन्ड कहिले पनि आउट अफ फेसन हुने छैन ।”

फिल्मी दुनियाँमा ‘माउथ पब्लिसिटी’को विशेष महत्व आज पनि उत्तिकै छ । जसको पछिल्लो उदाहरण चलचित्र ‘कश्मिर फाइल्स’लाई लिन सकिन्छ । पाँचसय स्क्रिनबाट सुरु भएको चलचित्र रिलिजको एक हप्तामा चार हजार स्क्रिनमा पुग्यो ।

चलचित्रको कथाले पनि दर्शकलाई हलसम्म लैजाने हो भन्ने कुरा त प्रमाणित भैसकेको छ । यसको साथै अर्को भनेको ‘मास इन्टरटेनर’ ।

चलचित्रहरू जबसम्म ‘मास इन्टरटेनर’ हुँदैन, ओटीटीमा मात्रै सीमित हुनेछन् ।

बीबीसी

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका